यी कलाकार जसलाई एड्सले लग्यो

यी कलाकार जसलाई एड्सले लग्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेक्स । ३ साउन, काठमाडौं ।

कुनै बेला चमकदमकपूर्ण जीवन बिताउने कतिपय कलाकारको उत्तराद्र्ध एकदमै दुःखदायी रह्यो । त्यस्तो एउटा नाम हो, निशा नूर । दक्षिण भारतीय फिल्मकी यी अभिनेत्रीको जीवनको अन्तिम अवस्थामा शरीरमा हाड र छाला मात्र थियो । उनको शरीरमा कमिला सलबलाइरहेका थिए । उनको मृत्यु भयो, एड्सका कारण । निशा एक्ली छैनन्, यस्तो दुःखान्त भोग्ने । उनीजस्तै अन्य केही कलाकारको नियति पनि पीडादायी रह्यो ।

निशा नूर
सन् ९० को दशकमा दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री थिइन्, निशा नूर । उनले रजनीकान्तदेखि कमल हसनजस्ता सुपरस्टारसँग स्क्रिन सेयर गरिन् । उनको फिल्मी करियर अगाडि बढ्दै थियो । तर, त्यही बेला निर्माताले उनलाई वेश्यावृत्तिमा लगाइदिए । अन्ततः उनी बदनाम भइन् । त्यसको केही समयपछि उनी सडकमा भेटिएकी थिइन्, दयनीय अवस्थामा । अस्पतालका मानिसले उठाएर उनलाई भर्ना गरिदिए । पछि थाहा भयो, उनलाई एड्स रहेछ । २००७ मा उनको मृत्यु भयो ।

पेड्रो पाब्लो जमोरा
अमेरिकामा जब समलैङ्गिकता (होमोसेक्युआलिटी) लाई अपराध मानिन्थ्यो, त्यही बखत पेड्रोले आफूलाई खुलेर समलिंगी भनेका थिए । पेड्रो र उनका पार्टनर एड्सले ग्रस्त थिए । उनले एमटिभीको लोकप्रिय कार्यक्रम ‘द रियल वल्र्ड, सन फ्रान्सिको’ मा आफ्नो रोग र आफू समलिंगी भएको कुरा खुलेर बताएका थिए । ११ नोभेम्बर १९९४ मा उनको मृत्यु भयो । संयोग कस्तो थियो भने, त्यस दिन उनको रियलिटी शो को अन्तिम एपिसोड पनि अनएयर भएको थियो ।

जिया सारंगी
यी अमेरिकी मोडलले दुनियाको टप ब्रान्डका लागि मोडलिङ गरेकी थिइन् । तर, २६ वर्ष नपुग्दै उनलाई एड्सले गाँज्यो । एक समय उनी मोडलिङ जगतको शिखरमा पुगेकी थिइन् । यद्यपि उनमा लागुऔषधको लत बस्यो । त्यही कारण करियरको ग्राफ ओह्रालो लाग्यो । निमोनिया रोगले गर्दा उनलाई अस्पताल भर्ना गरिएको थियो, तर चिकित्सकीय जाँचमा उनमा एचआइभीको भाइरस पाइयो । त्यसको केही समयपछि उनको मृत्यु भयो ।

रिक्की विल्सन
अमेरिकी संगीत उद्योगका चर्चित गायक थिए उनी । लोकप्रिय ब्यान्ड बी फाइभ टु का हिस्सा रहेका उनी गिटार बजाउँथे । तर, पछि उनमा एड्स भएको पाइयो । केही समयपछि बिमारी परेका उनी लामो समय बाँच्न सकेनन् ।

Logo