पवित्र स्थानमा मोडलले कपडा उतारेपछि …

पवित्र स्थानमा मोडलले कपडा उतारेपछि …

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २ साउन, काठमाडौं ।

हलिउडकी चर्चित मोडल हुन्, जेलिन कुक । अहिले उनी एक बोल्ड फोटोशुटका कारण चर्चामा छिन् । जेलिन प्लेब्वाय मोडल हुन्, जो प्लेब्वाय म्यागेजिनका लागि न्युड फोटोशुट गराउने गर्छिन् ।

यसपटक पनि उनले त्यसरी नै फोटोशुट गरेकी थिइन् । तर, त्यो फोटोशुट उनका निम्ती टाउको दुखाइको बिषय बन्न पुग्यो । खासमा उनी एउटा पहाडमा चढिन् र त्यहाँ न्युड फोटोशुट गराइन् ।

तर जब यो फोटो बाहिर आयो, सर्वत्र हंगामा मच्चियो । फोटोमाथि भद्दा प्रतिक्रिया आउन थाल्यो । त्यसो त उनी नग्न भएकोमा यस्तो गाली बर्साइएको थिएन । बरु, उनले फोटोशुटको लागि जुन स्थान छनोट गरिन्, त्यसैले आक्रोश पैदा गरेको थियो ।

जेलिनले यो न्युड फोटोशुट न्युजिल्यान्डको माउन्ट टारानाकीमा गराएकी थिइन् । र, इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यो फोटो देखेपछि मानिसहरू आक्रोशित भए । किनभने, माउन्ट टारानाकीलाई उनीहरू पवित्र स्थान मान्दछन् । त्यही पवित्र स्थानमा यस्तो हर्कत गरेपछि यी मोडेल चौतर्फी आलोचनाको शिकार भएकी हुन् ।

Logo