शिवजीलाई कोमलको अर्को धम्की

शिवजीलाई कोमलको अर्को धम्की

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १ साउन, काठमाडौं ।


पोहोर तीजमा लाष्टै चोटी भन्दै गीत गाएँ ।
सव जनाको माया पाएँ, राजनीतिमा लागें ।।
मलाई ओइ–होइ शिव चाहिएन पोई
अव वाँच्ने देशकालागी हो ।
अव नाँच्ने यसकालागी हो ।।

भनिन्छ, “गीतमा ब्यक्त भावना आम मान्छेका हुन्छन् ।” त्यसो भए कोमल वलीका गीत नि ? छोटो जवाफ हो, उनका गीतको कथा–ब्यथा सवै उनी आफैं हुन् । माथि उल्लेखित हरफहरुले यही कुरा पुष्टि गर्छ ।

आफ्नै कथाको गीत बनाएपनि कोमलका गीत लोकप्रिय हुन्छन् । आउँदो तीजका लागी उनले तयार पारेका गीतको शब्द, संगीत र स्वरले पनि लोकप्रिय हुने निश्चित संकेत गरेका छन् ।

पछिल्ला तीज गीतमा कोमलले शिव भगवानलाई मिसाउँदै आएकि छन् । सुरुमा पोइल जान पाम भन्दै शिव पुकारिन् । त्यसपछि लाष्टै चोटी भन्दै विन्ती बिसाइन् । यस पटक भने उनी मलाई ओइ–होइ शिव चाहिएन पोइ भन्दै धम्की दिइरहेकी छन् । राजनीतिमा लागेको जानकारी गराईरहेकी छन् । अव बाँच्ने देशका लागी हो । अव नाँच्ने यसका लागी हो भन्दै तीजको संदेश छरिरहेकी छन् ।

म त नाँच्दिन क्यारे ।
मेरो प्यारे मायाले नहेरे ।।

यसपाली यो उनको दोस्रो गीत हो । प्रज्ञा वली “शरद” सँगै उनले स्वर दिएकि छन् । कम्मर मर्काएकी छन् । यसको म्यूजिक भिडियोमा कोमल, प्रज्ञा, सुनिल र सरद को भूमिका रहेको छ ।

सिक्वेल वनाएर तीज गीत गाइरहेकी कोमलले अर्को बर्ष चाहिं भगवान शिवलाई कस्तो जवाफ दिलिन् ? यसका लागी भने एकवर्ष कुर्नुपर्ने छ ।

Logo