करोडौं कमाएर पनि भाडाको घरमा बस्छिन् कट्रिना !

करोडौं कमाएर पनि भाडाको घरमा बस्छिन् कट्रिना !

केन्द्रबिन्दु
0
Shares

एउटा फिल्ममा अभिनय गरेवापत ६ देखि ७ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने बलिउड अभिनेत्री कट्रिना कैफ भाडाको घरमा बस्ने गर्छिन् । सन् २००३ देखि बलिउड फिल्म क्षेत्रमा इन्ट्री गरेकी कट्रिनाको भारतमा आफ्नो नाममा कुनै घर छैन । उनी मुम्बईमा भाडाको घरमा बस्ने गरेकी छिन् ।

आइतबार १६ जुलाईमा कट्रिना कैफ ३४ वर्षकी हुँदैछिन् । हालै मात्र उनी अभिनित फिल्म ‘जग्गा जासुस’ सार्वजनिक भएको छ, जसमा उनले आफ्ना पूर्व ब्वायफ्रेन्ड रणबीर कपूरसँग स्क्रिन सेयर गरेकी छिन् ।

यसअघि उनको सलमान खानसँग गजबको दोस्ती थियो । त्यसो त उनीहरू पूर्व प्रेमी–प्रेमिका पनि हुन् । सलमानसँग ब्रेकअप भएपछि क्याटरिनाले रणबीरलाई रोजेकी हुन् । कतिसम्म भने, उनीहरू दुवैको विवाह हुने पक्कापक्की थियो । छुटै अपार्टमेन्ट समेत खरिद गरिसकेका थिए । विदेशको एक समुन्द्री किनारमा रणवीरसँग बिकिनीमा समेत क्याटरिना फेला परेकी थिइन् । यद्यपि उनीहरूको सम्बन्ध दिगो हुन सकेन । अन्ततः रणबीर र उनको सम्बन्धमा दूरी आयो ।

यतिबेला भने उनै रणवीरसँग उनको घनिष्ठता बढेको छ, जग्गा जासुस फिल्ममार्फत । यही शुक्रबारदेखि सार्वजनिक फिल्मले उस्तो आक्रामक व्यापार भने गरेको छैन ।
लामो समयदेखि फिल्म क्षेत्रमा लागेकी कट्रिना अभिनयका साथै मोडलिङको क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । उनी अहिले लरिअल, स्लिक, लक्स र नक्षता जस्ता ब्राण्डको ब्राण्ड एम्बेसडर समेत रहेकी छिन् ।

फिल्मी करिअरका सुरुआती दिनहरूमा उनी मुम्बईको गुलदेव सागरमा बस्थिन् । सन् २०१४ मा रणबीर कपूरसँग प्रेम भएपछि कार्टर रोडमा सरिन् । सन् २०१६ मा रणबीर कपूरसँग ब्रेकअप हुनुभन्दा अगाडिसम्म कट्रिनाले मासिक १५ लाख रुपैयाँ घर भाडा तिर्ने गर्थिन् । यो भाडा पनि महंगो भएको कारण उनी त्यहाँबाट पनि सरिन् । अहिले उनी बान्द्रास्थित माउन्ट मेरी चर्च नजिकैको अपार्टमेन्टमा एक्लै बस्दैछिन् ।

कट्रिनाको सौख भनेको नयाँ–नयाँ गाडीमा छ । अहिले उनीसँग तीनवटा करोडौं मूल्य पर्ने कार छन् । एक अनुमानअनुसार, कट्रिनाको कुल सम्पत्ति ६४ करोड भारु. (करिब एक अर्ब नेरु.) बराबर रहेको छ ।

अब भने भाडाको घरबाट बेलाबेलामा सर्नुपर्ने झन्झटबाट मुक्त हुन उनले घर किन्ने तयारी गरिरहेको कट्रिनाका आफन्तहरूले भारतीय सञ्चार माध्यमहरूलाई बताएका छन् ।  (एजेन्सी)

Logo