पामा केयर नेपाल स्टार अव मोफसलमा पनि

पामा केयर नेपाल स्टार अव मोफसलमा पनि

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।
पामाकेयर नेपाल्स स्टार मोडलको अडिसन उपत्यका वाहिर पनि हुने भइरहेको छ । नेपाल स्टारको यो दोस्रो अडिसन हो ।

सिद्धि मिडियाको आयोजनामा हुने यो सौन्दर्य प्रतियोगिता अहिले अडिसन चरणमा छ । काठमाडौंमा यही असार ३१ गते हुने यो अडिसन चरण उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, इटहरी लगायत सहरमा हुने आयोजक संस्थाका प्रमुख अमित शाहले जनाएका छन् ।

बुटबल साउन ७ गते, नेपालगञ्ज साउन ९ गते र इटहरीमा साउन १२ मा अडिसन आयोजना गर्ने पनि आयोजक शाहले जानकारी दिएका छन् ।
प्रतियोगिताका सहभागीलाई विभिन्न क्षेत्रका विज्ञहरुले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गरिने छ । प्रतियोगिताको कोरियोग्राफी अप्सरा थापा र आशिष मिश्रले गर्ने छन् ।

अडिसन विवरण
बुटवल – साउन ७
नेपालगञ्ज – साउन ९
इटहरी – साउन १२

 

Logo