१ सय ८० करोडका ‘बाहुबली’, यस्तो छ उनको लाइफस्टाइल

१ सय ८० करोडका ‘बाहुबली’, यस्तो छ उनको लाइफस्टाइल

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २७ असार २०७४ । 

एसएस राजामौलाको चर्चित फिल्म ‘बाहुबली : दि बिगिनिङ’ रिलिज भएको २ वर्ष पूरा भएको छ । १० जुलाई २०१५ मा रिलिज भएको यो फिल्लम विश्वव्यापी रुपमा ६ सय ५० करोड भारतीय रुपैयाँ कमाएको थियो । फिल्मको सफलतापछि ‘बाहुबली’ को भूमिकामा देखिएका मुख्य अभिनेता प्रभासले पनि आफ्नो पारिश्रमिक बढाए । उनी आजकल प्रतिफिल्म ३० करोड भारु लिन्छन्।

यसबाहेक उनी विभिन्न कम्पनीको प्रवर्द्धनमा समेत व्यस्त हुन्छन् । त्यसबापत उनले छुट्टै कमाइ गर्छन् । उनीसँग अहिले १ सय ८० करोड भारु बराबरको सम्पत्ति छ । उनी ८ करोड भारु पर्ने रोल्स रोयल्स कार चढ्छन् । यसबाहेक पनि उनीसँग अन्य थुप्रै कार छन् । उनले ४० करोड भारु विभिन्न कम्पनीमा लगानी गरेका छन् ।

हैदराबाद नजिककै इलाका जुबली हिल्समा उनको आलिशान बंगला छ । जसको मुल्य करोडौं पर्छ । फिल्म नगरमा उनको अर्को बंगला छ, जून उनले सन् २०१४ मै किनेका थिए ।

प्रभास महिन्द्रा एन्ड महिन्द्रा कम्पनीको गाडी महिन्द्रा टीयूभी ३०० को विज्ञापनमा समेत देखिन्छन् । उनले उनी थुप्रै कम्पनीका ब्रान्ड एम्बेसडर हुन् । ब्रान्ड एम्बेसडर बनेबापत उनले एउटा कम्पनीसँग २ करोड भारु लिन्छन् ।

प्रभास बाहुबली रिलिज हुनअघि पनि दक्षिण भारतमा रुचाइएका कलाकार हुन् । तर ‘बाहुबली: द बिगिनिङ’ र ‘बाहुबली: द कन्क्लुजन’को सफलतापछि उनको उचाइ अझै बढेको छ ।

Logo