जब विद्या बालनले पूरुषको भूमिका निभाइन्

जब विद्या बालनले पूरुषको भूमिका निभाइन्

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री विद्या बालन आफ्नो इन्स्टाग्राममा अनौठा फोटाहरु पोस्ट गर्न रुचाउँछिन् । उनले पछिल्लो समय शेयर गरेको फोटो गरेर धेरै आश्चर्यमा परेका छन् ।

विद्याले फिल्ममा आउनुअघि नाटकघरमा काम गर्दाको फोटो सार्वजनिक गरेकी छिन् । यो उनले अभिनय गरेको एकमात्रै नाटक हो । यस नाटकमा उनले दाह्री पालेको एक पूरुषको भूमिकामा अभिनय गरेकी थिइन् । उनी बाबाजी जस्तै लुक्समा देखिएकी छिन् ।

चर्चित अभिनेत्री विद्या बालनको नयाँ फिल्म ‘तुम्हारी सुलु’ आगामी डिसेम्बर १ मा रिलिज हुँदैछ । यस फिल्ममा उनी रेडियो प्रस्तोताको भूमिकामा छिन् । यसअघि ‘लगे रहो मुन्ना भाई’ मा पनि उनले रेडियो प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।  

Logo