सैंजुका सुन्दर सृजना

सैंजुका सुन्दर सृजना

केन्द्रबिन्दु
0
Shares

क्यानभाषमा साधनारत कलाकार

कुनै चित्रमा तपाईंले आमा–छोराको जिवन्त संवाद देख्नु भयो भने, ग्रामिण नेपाली महिलाहरुको दैनिकी देख्नु भयो भने, नेपाली समाजको ल्यान्डस्केप कलरफुल ढंगले प्रस्तुत भएको देख्नु भयो भने संझनुस् त्यो नरेश सुन्दर सैंजुको चित्रकला हो । आफ्नो छुट्टै रंग र प्रस्तुतिमा कलाकार नरेश सुन्दर सैंजु क्यानभाषमा नाचिरहेको हुनेछन् ।  

एक दशक अघिसम्म न्यू आर्ट सर्कलका कलाकारहरुको चित्र प्राय उस्तै लाग्थे । रंग उही, विषय उही, सोच उही । सायद गुरु उही भएको हुनाले होला । प्रस्तुति नै उस्तै लाग्थे । तर समय, खोज–अनुसंधान, साधना र लगनशीलताले यस सर्कलका सवैजसोको काममा मौलिकता देखिदै गयो । नरेश पनि फरक भए । र, भए आफैं जस्ता । न्यू आर्ट सर्कल भनेको बरिष्ठ चित्रकार लैनसिंह बाङदेलका पछिल्ला चेलाहरुको संगठन हो । नरेश संलग्न भएको अर्को पनि संगठन छ, सोसाइटी अफ मोर्डन आर्ट (सोमा) । यी दुई संगठनविनाको आधुनिक नेपाली कला अपुरो हुन्छ ।

चित्रकला क्षेत्रमा “आँखामा राख्दा पनि नबिझाउने” आनिवानी र स्वभाव रहेको भनेर नरेशको प्रसंसा हुन्छ । इमान्दारिता उनको समग्र परिचय हो । मानवीय जीवनमा जस्तै नरेश आफ्ना क्यानभाषमा पनि त्यतिकै इमान्दार र शालिन लाग्छन् । उनको शालिनतालाई कला दर्शक, कला पारखी र चित्रकलाका संकलकहरुले पनि रुचाएर अनुमोदन गरेका छन् ।

नरेशका चित्रका पारखी को हुन् त ? यो देशमा नाम चलेका ब्यक्तिहरु, कला संग्रहकर्ता र संग्राहालय सवैतिर उनका चित्र रहेका छन् । कला परिषद बबरमहलका सञ्चालक समिति सदस्य पनि रहेका उनी नेपालमा कला विकासको लागी पनि उत्तिकै सक्रियतापूर्वक लागिपरेका छन् । दर्जनौं सामूहिक कला प्रदर्शनी मार्फत दर्शक माझ सार्वजनिक भएका उनी जीवन रहन्जेल कला क्षेत्रमा लागिरहने वाचा गर्छन् । किन लाग्नु भयो चित्रकलामा ? भन्छन् – सुरुमा रहरले र पछि आत्मसंतुष्टिले ।

 

सैंजु वारे
जन्म – इ.स. १९५८
शिक्षा – ललितकला क्याम्पस
– लैनसिंह बाङदेलसँग १३ बर्ष
विधा – आधुनिक चित्रकला
संलग्नता – नेपाल कला परिषद सञ्चालक समिति सदस्य
– अधिकृत, कृषि विकास बैंक
– सोसाइटी अफ मोर्डन आर्ट
– न्यू आर्ट सर्कल
हालसम्म सृजना – हजारौं चित्रकला

 

 

Logo