बहिष्कारमा समेत हीट, दिपक–दीपा !

बहिष्कारमा समेत हीट, दिपक–दीपा !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २२ असार २०७४, काठमाडौं ।

अभिनेता दिपकराज गिरी र अभिनेत्री दीपाश्री निरौला हिट जोडी हुन् । अभिनयमा हीट । निर्माणमा हीट । निर्देशनमा हीट । धेरै विषयमा हीटै हीट । हुँदा–हुँदा उनीहरुको हीटमा अर्को विषय पनि थपिएको छ, बहिष्कारमा हीट । हो, उनीहरु आफूले भनेजस्तो भएन भने तत्काल कार्यक्रम बहिष्कार गरिहाल्छन् ।

फिल्म क्षेत्रमा अतुलनीय हाइट लिइसक्दा समेत उचित रुपमा कसैले नगनेको उनीहरुको पीडा झल्किन्छ जहिँतहीँ । धर्यता गर्ने, पर्खिने त स्थापित हुन बाँकीले गर्ने हो, हामी जस्तो हिट जोडीले होइन भन्ने भनाई पनि उनीहरुको ब्यवहारले प्रदर्शन गरिरहेको हुन्छ । ४ असारको साँझ सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा यो जोडीले यिनै आरोपको पुन ः पुष्टि गर्यो, वीचैमा कार्यक्रम छोडेर । त्यो पनि आक्रोशित मुद्रामा आयोजकलाई गाली गर्दै ।

अवार्ड कार्यक्रममा बोलाएर कसैले वास्ता नगरेको, ताली बजाउन मात्र बोलाएको, कार्यक्रममा आफूहरुलाई फिल्म ‘छक्का पञ्जा’कोलागी अवार्ड दिन ढिला गरेको जस्ता आरोप उनीहरुले सार्वजनिक गरिसकेका छन् । रोचक पक्ष त के रह्यो भने उनीहरुले अवार्ड बहिष्कार गर्ने बित्तिकै भटाभट पुरस्कारको घोषणा भयो र उनीहरुलाई फिल्म छक्का पञ्जाको निर्देशन र उत्कृष्ट फिल्मकोेलागी मञ्चमा बोलाइयो । तर उनीहरु थिएनन् । हलमा सन्नाटा छायो । प्रकास उत्कृष्ट निर्देशकको अवार्ड दीपाश्री निरौला छक्कापञ्जा र कुसुमेरुमाल सर्बोकृष्ट फिल्मको अवार्ड उनीहरुकै नाममा थिए । तर ती अवार्ड अरुले नै ग्रहण गरिदिनु पर्यो ।

अवार्डका मूख्य विधाहरु कार्यक्रमको अन्त्य–अन्त्यतिर मात्र घोषणा गरिने संसारभरीकै चलन हो । के दिपक–दीपालाई यतिपनि जानकारी थिएन त ? त्यसोभए किन हतार गरेका थिए, अवार्ड लिन ? के उत्कृष्ठ फिल्म र निर्देशनको अवार्ड उनीहरुलाई सुरुमा नै दिएर विदा गरिनु पर्थो ? यी प्रश्नको जवाफ यो जोडीले दिंदै गर्ला । तर उनीहरुले अवार्ड बहिष्कार गरेको यो पहिलो पटक चाहिं होइन ।

यसअघि दिपक–दीपाले तीनवटा अवार्ड कार्यक्रम विभिन्न बहानामा बहिष्कार गरिसकेका छन् । सवैभन्दा लज्जाजनक बहिष्कार त उनीहरुले भारत सिक्किममा सम्पन्न ‘इनास अवार्ड’मा गरेका थिए । इनास अवार्डको कार्यक्रम लामो गर्न लागेको आरोप लगाउँदै उनीहरुले बहिष्कार गरेका थिए । अवार्ड बहिष्कार गरेर उनीहरु क्यासिनो खेल्न गएको आरोप लाग्दै आएको छ ।

अझै कति अवार्ड कार्यक्रम बहिष्कार गरेर उनीहरुले कीर्तिमान राख्दै जानेहुन् ? त्यो चाहिं आउँदा दिनले वताउँदै जाला ।

 

छक्का पञ्जाले पाएका ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’

– ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा

– ‘कुसुमेरुमाल’ सर्वोत्कृष्ट ब्यवसायिक, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा

– ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
दिपाश्री निरौला – छक्का पन्जा

– ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
प्रियंका कार्की – छक्का पन्जा

– ‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे – छक्का पन्जा

 

 

Logo