सलमान खानलाई आत्महत्या गर्न उक्साउने रोग के हो ?

सलमान खानलाई आत्महत्या गर्न उक्साउने रोग के हो ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार । आफ्नो पछिल्लो फिल्म ट्यूबलाइटको प्रमोसन इभेन्ट चलिरहेको बेला बलिउड अभिनेता सलमान खानले आफूलाई ‘टाइजेमिनल न्युरोलजिया’ नामक खतरनाराक नसारोग लागेको खुलासा गरे । अत्यन्त खतरनाक मानिने यस रोगलाई आत्मघाती रोग (सुसाइडल डिजिज) समेत भन्ने गरिन्छ । यो रोगलाई सुसाइडल डिजिज किन भनिएको हो भने यो रोगबाट पीडित व्यक्तिले अतिशय पीडा सहन नसकेर आत्महत्या गर्नेसम्मको सोच बनाउने गर्छन् । सलमानले पनि यस रोगका कारण आफूमा धेरैपटक आत्महत्या गर्ने सोच आएको बताएका छन् । के हो त यो ‘ट्राइजेमिनल न्युरोलजिया’ रोग ? यो एक किसिमको संक्रामक पीडाजन्य अवस्था (क्रोनिक पेन कन्डिसन) हो जसले टाउकोमा रहने ट्राइजेमिनल अथवा फिफ्थ केनियल नर्भलाई प्रभावित पार्दछ । यो नसा (नर्भ) टाउकोका अनेक भागहरूसम्म पुगेको हुन्छ । ‘ट्राइजेमिनल न्युरोलजिया’ रोग लागेपछि अचानक असहनीय पीडा र पोलेको महसुस हुन थाल्दछ । अनुहारमा बिजुलीको झड्का वा शक लागेजस्तो हुन्छ । यो पीडा र पोलाइ केही सेकेन्डदेखि लिएर दुई मिनेटसम्म रहन सक्छ । कयौँ पटक त अनुहारको दुवैतर्फ एकैपटक वा अलग–अलग पनि पीडा हुन सक्दछ । ‘ट्राइजेमिनल न्युरोलजिया’ रोग दुई किसिमको हुन्छ । पहिलो अर्थात् टाइप १ मा अचानक तीव्र पीडा र पोल्ने हुन्छ भने टाइप २ मा लगातार पीडा, पोलाइ र कसैले घोचेको जस्तो महसुस भइरहन्छ । ‘ट्राइजेमिनल न्युरोलजिया’ रोग कुनै आर्टरी ट्युमर, इन्जुरी, सर्जरी वा स्ट्रोकका कारणले पनि हुनसक्छ । मस्तिष्कसित जोडिएका १२ प्रमुख नसाहरूमध्ये एक ट्राइजेमिनल नामक नसा कनै रक्त धमनीद्वारा च्यापिन गएमा पनि यो रोग लाग्न सक्दछ । जुनकुनै उमेरको मानिसलाई लाग्न सक्ने भए पनि ‘ट्राइजेमिनल न्युरोलजिया’ रोग ५० वर्ष नाघेका व्यक्तिहरूलाई लाग्ने खतरा धेरै रहन्छ । यो रोग पुरुषभन्दा पनि महिलालाई लाग्ने सम्भावना बढी हुने गर्छ । (एजेन्सी)

Logo