ज्योति मगरको रोपाइँ पनि सेक्सी ( भिडियो सहित)

ज्योति मगरको रोपाइँ पनि सेक्सी ( भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ असार । ‘हट एण्ड सेक्सी’ गायिकाको छवि बनाएकी ज्योति मगरले धान दिवसलाई सम्झेर रोपाईं गरेकी छन् । असार १५ गतेभन्दा अगाडि नै किन रोपाईं ? भक्तपुर खरिपाटीमा रोप्दै गरेको अवस्थामा भेटिएकी ज्योतिले भनिन्, ‘त्यस दिन कार्यक्रमको सिलसिलामा विदेशमा हुने भएकीले आजै असार १५ मनाउने विचारले रोप्न आएँ ।’ छोटो तर ‘कलरफुल’ आधुनिक गुन्यू–चोलीमा बिऊका मुठा बोकेर हिलोमा पसेकी ज्योतिले २ घण्टाभन्दा बढी समय रोपाहारहरूसँग बिताएकी थिइन् । सुदूर जिल्ला रोल्पामा जन्मे–हुर्केकी ज्योतिले गाउँमा हुँदा आफूले धान रोप्ने गरेको समेत रमाइलो मान्दै सुनाइन् ।

आफ्ना साना तर पोटिला हात छिटोछिटो हिलोमा दौडाउँदै उनले रोपेको हेर्दा साँच्चै नै उनी धान रोप्न खप्पिसजस्तै देखिइन् । त्यसरी धान रोप्दै गरेकी गायिका ज्योतिलाई भेट्न सागर लम्साल (बले) पनि खेतमा नै पुगेका थिए । बले र ज्योतिबीच त्यही धानखेतको छेउमा बसेर रमाइलो कुराकानी पनि भयो । हेर्नुहोस् त्यो कुराकानीसमेतको भिडियो –  

 

Logo