गजलकार पौडेलको छातीमा ‘पेस मेकर’ राखियो

गजलकार पौडेलको छातीमा ‘पेस मेकर’ राखियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १२ असार । मुटुको समस्या आएपछि सहिद गङ्गालाल हृदय केन्द्र, बाँसबारी पुग्नुभएका साहित्यकार ज्ञानुवाकर पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

गत मङ्गलबारदेखि मुटुुको धड्कन असन्तुलित भएर समस्या आएपछि केन्द्र जानुभएका उहाँको छातीमा अहिले ‘पेस मेकर’ राखिएको छ । गजलकार तथा मुक्तककार एकहत्तरवर्षीय पौडेललाई यसअघि मुटुको समस्या नभए पनि एक्कासि सो समस्या आएको उहाँकी श्रीमती त्रिपुराले जानकारी दिनुभयो ।

अहिले पनि उहाँ चिकित्सकको निगरानीमा रहनुभएको छ । उहाँलाई डा रवीन्द्र सिंखडाले उपचार गरिरहनुभएको बताइएको छ । झन्डै एक हप्तापछि आइतबार पौडेललाई घर ल्याइएको परिवार स्रोतले जनाएको छ । रासस

Logo