हलिउड सुन्दरी मुनरोको मृत्यु भएको घर बिक्रिमा (फोटो फिचर सहित)

हलिउड सुन्दरी मुनरोको मृत्यु भएको घर बिक्रिमा (फोटो फिचर सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क

हलिउडकी सर्वाधिक सुन्दरी अभिनेत्री मर्लिन मुनरोको घर बिक्रि हुने भएको छ । यो त्यही घर हो जहाँ उनको रहस्यमयी मृत्यु भएको थियो ।

मुनरोको मृत्यु भएको घरको मूल्य एजेन्सीहरुका अनुसार ७० करोड हो । यही मूल्यमा घर बिक्रि हुँदैछ । यस घरमा मुनरोको सन् १९६२ मा मृत्यु भएको थियो ।

हलिउड सञ्चार माध्यमका अनुसार मुनरोको तेस्रा पती आर्थर मिलरसँगको ब्रेकअप पछि उनी क्यालिफोनिया राज्यमा रहेको यस घरमा सरेकि थिइन् । तर धेरै नसालु पदार्थ सेवन गर्ने हुनाले केही महिनामा नै उनको मृत्यु भएको थियो ।

२६ सय २४ स्क्वायर फिटमा फैलिएको यो घरमा चार बेडरूम र चार बाथरूम छन् । यसका साथै यस घर कम्पाउण्डमा गेष्ट हाउस, स्वीमिङपुल, हरियो घाँसे मैदान, सुन्दर बगैचा, खेलकुदकोलागी आवश्यक कोर्टहरु रहेका छन् ।

बेवर्लीहिल्समा उनको अर्को बंगला पनि थियो । तर उनलाई यही घरले मोहनी लगायो र उता छोडेर उनी यता आइन् । मृत्युको केही साताअघिको एक अन्तर्वार्तामा उनले भनेकि थिइन् –‘यो घर म जस्ता पीडितहरुकालागी बनेको हो । जहाँ मन भुलाएर बस्न सकिन्छ ।’ सन् १९६२ मा यो घर ७५ लाखमा खरिद गरिएको थियो ।

हलिउड इतिहासमा सुन्दरी, चर्चित र विवादीत अभिनेत्रीमा उनी अतुलनीय रहँदैआएकि छन् । कतिपयले उनलाई ‘सेक्सबम’ भनेर पनि चिने । संसारका कम्यूनिष्ट पार्टी र सरकारलाई धरासायी बनाउन अमेरिकी सरकारले उनलाई प्रयोग गरेको आरोप पनि नलागेको होइन ।

जे होस्, विविध कारणले उनको चर्चा अत्यधिक मात्रामा हुन्थ्यो । यतिवेला उनको मृत्यु भएको घरको बिक्रि र चर्चा पनि उत्तिकै छ । उनी जीवित रहँदा जति चर्चा हुन्थ्यो मृत्यु पश्च्यात पनि चर्चा थामिएको छैन ।

Logo