रणवीर–कैटरिनादेखि कंगना-आदित्यसम्म, यी हुन लिभ इन रिलेशनपछि छुट्ने ७ सेलिब्रेटी जोडी

रणवीर–कैटरिनादेखि कंगना-आदित्यसम्म, यी हुन लिभ इन रिलेशनपछि छुट्ने ७ सेलिब्रेटी जोडी

केन्द्रबिन्दु
0
Shares

 १ रणवीरकैटरिना कैफ : रणवीर र कैटरिना २०१४ को अन्त्यदेखी लिभ–इन रिलेशनमा थिए । २०१६ को सूरुआतमा उनीहरु छुट्टिए र अहिले आ–आफ्नो घर फर्किएका छन् । उनीहरु मुम्बईमा अपार्टमेन्ट लिएर बसेका थिए ।

२ जोन- विपाशा :  सन् २००३ मा जिस्म नामक चलचित्रको सेटमा जोन इब्राहिम र विपाशा बासूको परिचय भयो । जोनभन्दा अघि विपाशा डिनो मोरियोसँग प्रेम सम्बन्धमा थिइन् । विपाशा र जोन ९ वर्षसम्म लिभ–इन रिलेशनमा रहे । तर २०१४ मा जोनले एक्कासी प्रिया रुचालसँग बिहे गरे । विपाशाले पनि २ वर्षअघि बिहे गरिन् ।

लारा- केली :  लारा दत्त आफ्नो ब्वाईफ्रेन्ड केली दोरजीसँग ८ वर्षसम्म लिभ–इन रिलेशनमा थिइन् । लारा र केलीको मित्रता उनीहरुको मोडलिङ करियरसँग सूरु भएको थियो । लामो समय साथ रहेपछि उनीहरु दुबैले छुट्टिने निर्णय लिए । लाराले महेश भूपतिसँग बिहे गरिन् ।

न् २००४ मा आफ्नी पहिलो श्रीमती अमृता सिंहसँग डिर्भोस भएपछि सैफ अली खान इटालियन मोडल रोजा कैटलानोसँग प्रेममा थिए । उनीहरु झन्डै २ वर्ष लिभ–इन टुगेदरमा रहे । त्यसपछि उनीहरुबीचको सम्बन्ध टुंगियो र सैफले २०१२ मा करिनासँग बिहे गरे । यस क्रममा करिना शाहिद कपूरसँग लिभ–इन रिलेशनमा थिइन् । उनीहरु ५ वर्ष एउटै फ्ल्याटमा बसेका थिए ।

करियरको सुरुआती दिनमा कंगना रनोट मुम्बईमा आफ्नो उमेरभन्दा दोब्बर उमेरका आदित्य पन्चोलीसँग लिभ–इन रिलेशनमा थिइन् । जब आदित्य र कंगनाको ब्रेकअप भयो, त्यसपछि आदित्यले दुबैबीच प्रेम रहेको स्विकारे । अहिले उनीहरु दुबैबीच कुनै सम्बन्ध छैन् ।

कोंकणा सेन शर्मा र रणवीर शौरीले २००८ मै डेटिङ थालेका थिए । २ वर्षसम्म उनीहरु लिभ–इन रिलेशनमा रहे । कोंकणा गर्भवती भएपछि दुबैले सन् २०१० मा बिहे गरे । तर यो सम्बन्ध ५ वर्ष मात्रै चल्यो । अहिले रणवीर र कोंकणा अलग अलग छन् । दुबैका एक छोराको नाम हरुन हो ।

फिल्म स्लमडग मिलियनेयरबाट आफ्नो करियर सुरु गरेका देव पटेल र फ्रिडा पिन्टो झन्डै ६ वर्षसम्म लिभ–इन रिलेशनमा रहे । उनीहरु त्यसपछि अलग भए । अहिले पनि उनीहरुबीच साथिको सम्बन्ध छ ।

Logo