छिन्नलता पुरस्कारसम्बन्धी एक फाइल तस्बिर[/caption]केन्द्रबिन्दु डेस्क । "/>

धनेन्द्र, शिशिर र टीकालाई छिन्नलता पुरस्कार

धनेन्द्र, शिशिर र टीकालाई छिन्नलता पुरस्कार

केन्द्रबिन्दु
0
Shares

छिन्नलता पुरस्कारसम्बन्धी एक फाइल तस्बिर

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ जेठ ।

पछिल्ला वर्षहरूमा जस्तै छिन्नलता गीत पुरस्कार गुठीले विसं २०७३ को छिन्नलता गीत पुरस्कार यस वर्ष पनि गीत रचना, गायन, सङ्गीत विधामा चार स्रष्टा र छिन्नलता विशेष सम्मान दुई स्रष्टालाई समर्पित गर्ने भएको छ ।

गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सोमबार बसेको बैठकले छिन्नलता गीत पुरस्कार गीत रचनामा धनेन्द्र विमल, गायनमा शिशिर योगी र सङ्गीतमा टीका भण्डारी तथा युवा नवप्रतिभामा मीना पोख्रेल निरौलालाई अर्पण गर्ने निर्णय गरेको हो ।

ती पुरस्कारको राशि जनही रु ५० हजार र सम्मानपत्र रहेको छ भने नवप्रतिभा पुरस्कारको राशि रु ३५ हजारसहित सम्मानपत्र रहेको छ ।

यसैगरी, राससले जनाएअनुसार, छिन्नलता विशेष सम्मान गायनमा माधवलाल श्रेष्ठ र सङ्गीतमा मणिकमल क्षेत्रीलाई अर्पण गर्ने निर्णय भएको गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिए । ती सम्मानमा जनही रु ५० हजार नगद राशि रहेको छ ।

विसं २०३९ मा स्थापित सो गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान पुर्याएबापत् हरेक वर्ष छिन्नलता पुरस्कार र सम्मान अर्पण गर्दै आएको हो ।

गुठीका संस्थापक एवम् गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्म तिथि विसं २०७४ असार २० गते पुरस्कार र सम्मान वितरण गरिने सहकोषाध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

Logo