केन्द्रबिन्दु डेस्क । "/>

प्रियंका चोपडा र डब्लुडब्लुई रेस्लर ‘द रक’ बीच पहिलो हेराइमै प्रेम

प्रियंका चोपडा र डब्लुडब्लुई रेस्लर ‘द रक’ बीच पहिलो हेराइमै प्रेम

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २८ जेठ ।

प्रियंका चोपडा भारतीय फिल्म नगरी बलिउडकी एकजना बहुचर्चित अभिनेत्री हुन्, त्यसकारण भारतमा उनको सुन्दरता र अभिनय क्षमताको निकै चर्चा हुने गर्छ । ३० वर्षको उमेर पुगिसकेर पनि अविवाहित रहेकी प्रियंकालाई मन पराउने पुरुषहरूको भारतमा र भारतीयहरूको बसोबास रहेका अन्य मुलुकमा कुनै कमी छैन । उनको सुन्दरताको चर्चा सर्वत्र हुने गरेको छ ।

यही कुरा भारतभन्दा धेरै टाढा अमेरिकामा पनि कम्ती लागू हुँदैन भन्ने सुन्दा आश्चर्य लाग्नसक्छ । तर यही सत्य हो । अझ यस्तो कुरा कुनै भारतीयले नभई नाम चलेका कुनै अमेरिकी अभिनेताले भनेमा कस्तो अनुभव गर्नुहोला ?
विश्वमै सबैभन्दा बढी रकम लिएर फिल्म खेल्न (हाइयेस्ट पेड एक्टर) ड्वायन जोन्सन अर्थात् लोकप्रिय डब्लुडब्लुई रेस्लर ‘द रक’ ले आफूले पहिलोपटक यी भारतीय अभिनेत्रीलाई भेटेपछि पहिलो हेराइमै प्रेम बसेको बताएका छन् ।

‘म यी महिलालाई प्रेम गर्छु । उनी अमेरिका आएको बडो मनोरन्जक किस्सा छ । उनी यहाँ अमेरिका आइन्, मेरो एजेन्टमार्फत हाम्रो एजेन्सीसित ‘साइन’ गरिन्, तत्कालै हामी दुईबीच केही ‘कनेक्सन’ भइसकेको हामीले अन’भव गर्यौँ,’ जोन्सनले भने ।

अझ अगाडि उनले भने, ‘हामीबीच फोनमा कुराकानी भयो । हामी अझ तरंगित भएको महस’स भयो । हाम्रो डिएनए उस्तै छ, हाम्रा महत्वाकांक्षाहरू पनि उस्तै छन्…। म उनीसित प्रेममा परेको मात्र होइन, उनी हाम्रो फिल्म ‘बेवाच’ (द्यबथधबतअज) का लागि एकजना अत्यन्त रोचक र सफल भिलेन पात्र बन्न सक्छिन् भन्ने उस्तै क्रेजी विचार पनि हामीमा समान रूपले पलायो ।’

बेवाच फिल्म हेरिसकेपछि प्रियंकालाई दुनियाँले ‘इन्डियन गडेस’ भनेर म”ल्यांकन गरिरहेको बेला स्वयम् ड्वायन जोन्सनले बेवाच फिल्ममा भिक्टारिया लिड्सको रूपमा अभिनय गरेकी प्रियंकाको मूल्यांकन कसरी गर्छन् त ?

‘मलाई लाग्छ, खलनायकको भूमिका खेल्न तमाम महान खलनायकहरूमा पनि प्रचूर क्षमता, योग्यता र गहिराइ हुनुपर्दछ । र यी सबै कुरा प्रियंकामा छन् । त्यसकारण यो पात्र सुरुमा कुनै पुरुषले गर्ने भनी लेखिएको भए पनि पछि पुरुषको ठाउँमा महिला पात्रलाई यस पात्रका रूपमा पर्दामा ल्यायौँ ।… प्रियंकाले यो भूमिका निर्वाह गर्ने भएपछि यसबारेमा सबै सानामसिना कुरासमेत विस्तृतमा पुनर्विचार गरिएको थियो,’ जोन्सनले भने ।

यसैबीच बलिउड अभिनेता वरुण धवनले यो फिल्म हेरेपछि ट्विट गर्दै लेखे, ‘बेवाच बालुवामा गरिएको मनोरन्जन हो । ड्वायन जोन्सनले हास्य सिर्जना गरेका छन्, जुन उनले मात्र गर्न सक्दछन् । र, प्रियंका त एकदम दबंग देखिएकी छन् । फिल्म हेदासम्म म लगातार हाँसेको हाँसै भएको थिएँ ।’

 

उनलाई जवाफ दिँदै ड्वायनले ट्विटरमा लेखे, ‘धन्यवाद ब्रदर । म र प्रियंका चोपडा बसेर तपाईं (र भारत) ले यो फिल्म कत्तिको मन पराउनुहुनेछ भन्नेबारे कुराकानी गरेका थियौँ । मनोरन्जन मुख्य कुरा हो । बेवाच’ ।’

जवाफमा ड्वायनका उच्च प्रशंसक रहेका वरुणले ट्विट गर्दै लेखे, ‘निश्चित रूपमा भारत बेवाच फिल्म हेरेर राम्रो मनोरन्जन प्राप्त गर्नेछ ।’

यस्तै एक अर्को भिडियोमा वरुणले भनेका छन्, ‘प्रियंका, हामीले यहाँ भारतबाट तिम्रा लागि माया पठाइरहेका छौँ । मैले तिम्रो यो फिल्म हेरेँ । यो वास्तवमै मनोरन्जक छ, फन्नी छ । यद्यपि भारतमा यो सेन्सर भइसकेर मात्र रिलिज भएको छ, तापनि यो अझै पनि मनोरन्जक नै छ ।’

सेथ गोर्डनले निर्देशन गरेका यस फिल्ममा ज्याक एफ्रोन, एड्रियाना लिमा, अलेक्जान्द्रा डाडारियो, केली रोहबाक र जाने बासले पनि अभिनय गरेका छन् । फिल्म यही जुन महिनाको पहिलो साता विश्लभर रिलिज भएको भए पनि फिल्म क्रिटिकबाट राम्रो टिप्पणी पाउन सकेन– धेरैले यसलाई ‘खोक्रो’, ‘बेकार’, ‘दिशाहीन’ र ‘केटाकेटीको खेदजस्तो’ आदि भनेका छन् ।

तर यस्ता आलोचनाले फिल्मको टिमलाई कुनै फरक परेको छैन । उनीहरू फिल्मको प्रमोसनका लागि बर्लिन र लन्डनसमेतका प्रमुख विश्व सहरमा घुमिरहेका छन् ।

Logo