‘जेल पनि सहुँला…काे सफलतापछि बलबहादुरले ल्याए ‘मन कि मन्जरी’ (भिडियाेसहित)

‘जेल पनि सहुँला…काे सफलतापछि बलबहादुरले ल्याए ‘मन कि मन्जरी’ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ। बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ। बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ। गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ।

बलबहादुर द भ्वाइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौ मा पर्न सफल भएका थिए भने अस्मिता अधिकारी नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन्।

बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेलपनि सहुँला…’लाई स्रोता/दर्शकले अत्यधिक मन पराएका थिए। ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भने।

 

Logo