टमलाई फिल्म देखाउने तयारीमा आमीर

टमलाई फिल्म देखाउने तयारीमा आमीर

केन्द्रबिन्दु
0
Shares

बलिउडमा अभिनेता आमीर खानलाई ‘मिस्टर पर्फेक्टनिस्ट’ पनि भन्ने गरिन्छ । उनले अभिनय गर्ने फिल्महरूमा उनको कामले चर्चा पाउने गरेको छ ।

पछिल्लो फिल्म ठग्स अफ हिन्दोस्तान’लाई बिर्सन हो भने उनको फिल्मले दर्शकको मन जितेका छन् । आमीर केही वर्षयता ‘लाल सिंह चढ्ढा’ मा व्यस्त छन् । उनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन् । सन् १९९४ मा हलिउडमा टम ह्यांक्सलाई लिएर बनेको फिल्म ‘फरेस्ट गम्प’ को यो रिमेक हो ।

आमीरले आफूले बनाएको फिल्मबारे प्रतिक्रिया लिन लस एन्जल्समा एक शो आयोजना गर्ने तयारीमा छन् । उनले आफ्नो क्यारेक्टर र फिल्म टमलाइ देखाउन खोजेका छन् ।  चाहन्छन । आमीर व्यक्तिगत रूपमा पनि टमको अभिनय र फिल्म छनौटदेखि प्रभावित छन् ।

टमले आफूभन्दा पनि क्यारेक्टरलाई पर्दामा उतार्न निकै मिहेनत गर्ने गरेका छन् । फरेस्ट गम्पसँगै क्याप्टेन फिलीप, कास्ट अ वे , द टर्मिनलजस्ता फिल्ममार्फत टमले आफ्नो अभिनत कौशलतासँगै कथा छनौटलाई प्रमाणित गरिसकेका छन् ।

यसैले गर्दा पनि आमीर आफ्नो फिल्म टमले हेरेर प्रतिक्रिया दिउँन् भन्नेमा छन् । तर, टमले फिल्मको लागि समय दिइसकेका छैनन् । फिल्ममा आमीरसँगै करिना कपुर, नागा चैतन्यसहित कलाकारको अभिनय छ । 
 

 

Logo