राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नछाड्ने, न्याय माग्न बसेकालाई बालेनले गरे यस्तो व्यवहार [भिडियाेसहित]

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नछाड्ने, न्याय माग्न बसेकालाई बालेनले गरे यस्तो व्यवहार [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नछाड्ने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको हैसियतले गठबन्धनमा अध्यक्ष दाबी गर्ने ब्रिफिङ गरेका हुन् ।राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी छ । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा पठाएको बताइन्छ । तर, कोशीमा कांग्रेसबाट फ्लोर क्रस गरेर एमालेको उम्मेदवार जिताएपछि माओवादीले आफ्नै दाबी गर्न थालेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान

बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ। रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ। बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाको भनाइ छ।

मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले बिरामीको शल्यक्रिया नगर्ने व्यक्तिगत अडानबाट आफैँ ब्याक

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले बिरामीको शल्यक्रिया नगर्ने व्यक्तिगत अडानबाट आफैँ ब्याक भएका छन्। सांसद सुमना श्रेष्ठले आफूमाथि प्रश्न उठाएको भन्दै उनले यो विषयको किनारा नलागेसम्म अपरेशन नगर्ने बताएका थिए । तर आइतबारबाट उनी अस्पताल आएर काम गरेको अस्पताल प्रसासनको भनाइ छ । सोमबार भने विदा बसे । उनले घरायशी काम भन्दै एक दिनका लागि विदा मागेका थिए।

आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने

देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । यी अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । गत १ कात्तिकमा स्वास्थ्य मन्त्रालयले ९८ वटा आधारभूत अस्पताल निर्माणका लागि ४० अर्ब ३६ करोड ४१ लाख आवश्यक पर्नेमा हालसम्म तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ खर्च भइसकेको र ३७ अर्ब ११ करोड ८४ लाख ५ हजार आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयँग बजेट सुनिश्चितताको माग गरेको थियो।

रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै रूसी राजदूतावास अगाडि धर्ना

रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौंस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन् ।रुसी सेनामा भर्ति भएका नेपालीहरुको अवस्था सार्वजनिक गर्न, वेपत्ता भएकाहरुको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर, रुसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा मृत्यु भएका मृतकको शव नेपाल ल्याइ दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेता राजेन्द्र महतोले काठमाडौँबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौँबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने भएका छन् । आन्दोलनको तयारीमा रहेका महतोले आफू मधेसमा मात्र केन्द्रित नरहेको सन्देश दिनका लागि पनि पहिलो शक्ति प्रदर्शन काठमाडौँबाट गर्ने तयारी गरेको उनी निकट नेताहरू बताउँछन् । त्यसका लागि महतोले गोप्य ढङ्गले काठमाडौँ र वरपरका जिल्लामा प्रशिक्षण तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको पार्याे प्रस्ट

सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको छ ।जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्ण पाठमा यस्तो व्याख्या गरिएको हो । उक्त रिटका सम्बन्धमा सर्वोच्च अदालतले गत पुस १३ मा फैसला गर्दै जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएयाे

शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई महानगरीय प्रहरीले हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् । शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । धर्नामा बसेकाहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो । यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियाे

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशत बढी हो ।

केशवकुमार बुढाथोकी निधनमा कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो । आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार सेयर बजार ९.४४ अंक बढ्याे

मंगलबार सेयर बजार ९.४४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन २ अर्ब ४३ करोडको कारोबार भएकोमा यस दिन २ अर्ब ५९ करोडको कारोबारभएको छ । १८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९ को स्थिर रह्यो । उत्पादन र निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत बढे । बैंकिङ २, विकास बैंक ३४, फाइनान्स ५, होटल तथा पर्यटन ४०, हाइड्रोपावर २०, जीवनबीमा ७९, उत्पादन ६२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११४ अंकले बढेका छन् ।

भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा ठुलो विस्फोट

भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा ठुलो विस्फोट भएको छ । एक पछि अर्को गर्दै विस्फोट हुन थालेपछि त्यहाँ भीषण आगलागी भएको हो । यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा परेका २५ जनालाई तत्कालै अस्पताल लगिएको छ । न्यूज एजेन्सी ए एन आई का अनुसार हरदा बैरागढस्थित पट्का कारखानामा विस्फोट भएको हो । कारखानाभित्र फसेका मानिसहरूको उद्धारका लागि एस डी आर एफ टोली घटनास्थलमा पुगेका छन् ।

केपी ओली कपको खेल तालिका सार्वजनिक

राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ । यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ ।

Logo