कोशी प्रदेशमा सत्तारुढ दलभित्रै असन्तुष्टि फैलियो, रोहितको अलराउण्डर प्रदर्शनीमा नेपाललाई सिरिज [भिडियाे]

कोशी प्रदेशमा सत्तारुढ दलभित्रै असन्तुष्टि फैलियो, रोहितको अलराउण्डर प्रदर्शनीमा नेपाललाई सिरिज [भिडियाे]

केन्द्रबिन्दु
56
Shares

पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा शनिबार राजधानीको टुँडीखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पहिचान र अधिकारकापक्षधर वर्ग, जाति र समुदायको सहयोगमा संघीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताए।यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उनले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए।

तामाङ समुदायले विविध कार्यक्रमआयोजना गरी हर्षोल्लासका साथ सोनाम ल्होछार मनायाे

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ सोनाम ल्होछार मनाएका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाउँदै आइरहेका छन्।

तामाङ समुदायले मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरेका छन् । ल्होछारमा १२ वटा जीवजन्तुका नाम बाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रकाआधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने प्रचलन रहेको छ ।

सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छःमन्त्री शर्मा

सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले सुशासनलाई समृद्धिको आधार बनाइनुपर्ने बताएकी छिन्। नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएकी हुन्।

नेपालमा राष्ट्रिय अर्थतन्त्र वृद्धिका चार आधारको रुपमा कृषि, पर्यटन, जलस्रोत र सूचनाप्रविधि रहेको उल्लेख गर्दै मन्त्री शर्माले यीचारै क्षेत्रमाव्यक्तिगतवा सामूहिकलगानी वृद्धि गरेर उत्पादन बढाउने, बजारको सुनिश्चितगर्ने र त्यस बाट आउने प्रतिफलको हिस्सेदार आमजनतालाई बनाउने गरी राष्ट्रिय पूँजीको विकासमा ध्यान दिन उद्योग ब्यापारीहरुलाई आग्रह गरिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले पाए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले पाएका छन् । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो।

कोशी प्रदेशमा सरकार विस्तार भएसँगै सत्तारुढ दल कांग्रेसभित्र तीव्र असन्तुष्टि

कोशी प्रदेशमा सरकार विस्तार भएसँगै सत्तारुढ दल कांग्रेसभित्र तीव्र असन्तुष्टि फैलिएको छ। मुख्यमन्त्री केदार कार्कीले आफ्ना गुटबाट मात्रै मन्त्री बनाएको भन्दै असन्तुष्टि फैलिएको हो।

मुख्यमन्त्री कार्कीले दलसँग कुनै छलफल र समन्वयनगरी आफूखुसी मन्त्री नियुक्ति गरेको संसदीय दलका नेता उद्धव थापाले आरोप लगाएका छन् । एमाले सरकार बाट बाहिरिएपछि मन्त्री परिषद् विस्तार गर्न नसकेका मुख्यमन्त्रीले बल्ल/तल्ल सरकार विस्तार गरे पनि मुख्यमन्त्रीकै पार्टी काँग्रेसभित्र मुख्यमन्त्रीले एकलौटी गरेको आरोप लगाएका छन्।

नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर छः मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दु कुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।

अष्ट्रेलियाको पर्थमा सातौं इन्डियनओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोध नगर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताएका हुन्।अष्ट्रेलिया सरकार र इन्डियाफाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागर भू–गोलका रुपमा सिमित नभइ संसारको सभ्यताको केन्द्रको रुपमा रहेको बताए।

नेपालमा पनि चिनियाँ नयाँ वर्ष मनाइयाे

चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्तचाड नेपालमा पनि मनाइरहेको छ। गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिनबालेर शुभारम्भ भएको नयाँ वर्षको श्रृखंला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ।

कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्यहरु प्रस्तुत गरियो। तामाङ समुदायको सोनाम ल्होसार पनि परेकाले चिनियाँ कार्यक्रममा तामाङ समुदायका व्यक्तिहरु पनि देखिए।

‘भ्यालेन्टाइन डे’अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिँदै

पश्चिमा मुलुकबाट भित्रिएको ‘भ्यालेन्टाइन डे’अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिँदै गएको छ। भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ। अंग्रेजी क्यालेन्टरअन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रूअरी अर्थात प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ ।

यो दिवसको इतिहास जति रोचक र भावुक छ त्यक्ति नै आलोचित पनि बन्दै गइरहेको छ । इतिहास महान भएपनिआधुनिकताको नाममा छाडापन भित्रिएको छ ।आधुनिक प्रविधि र बदलिंदो सामाजिक परिवेशले प्रेम दिवसको जुनमहत्व र सान्दर्भिकता हुनुपर्ने त्यस्तो नभइ बिसंगतीहरु बढेकोमा भने धेरैले चिन्ता ब्यक्त गरिरहेका छन् ।

रुसी सेनामा भर्ना भएका नेपालीकाे उद्धार गर्न आग्रह

पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपालीनागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछिआफन्तले उद्धारका लागिआग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार रुसी सेनामा भर्ना भएका मध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेना कब्जामा रहेका छन्।

यसै गरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यस बाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएकाछन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जित्याे

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थितटियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जितदर्ता गरेको हो।

क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्यपछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्धपनि समान लक्ष्य पछ्याएको थियो ।

Logo