दुर्गा प्रसाईंलाई पत्याएनन् पूर्वराजा ज्ञानेन्द्रले, रवि लामिछानेले गृहमन्त्रीलाई पारे र्याखर्याख्ती [भिडियाेसहित]

दुर्गा प्रसाईंलाई पत्याएनन् पूर्वराजा ज्ञानेन्द्रले, रवि लामिछानेले गृहमन्त्रीलाई पारे र्याखर्याख्ती [भिडियाेसहित]

केन्द्रबिन्दु
168
Shares

रामग्राम क्षेत्रमा गरिएका सबै सम्झौता खारेज गर्न निर्देशन

सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रमा गरिएका सबै सम्झौता खारेज गर्न निर्देशन दिएको छ। आइतबार बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो।

समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएका सम्झौता लगायत सबै कार्यहरू आजैका मितिबाट लागु हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए। समितिले यो संलग्नमाथि अनुसन्धान गर्न पनि निर्देशन दिएको छ।

रविना महर्जनले गरिन् ‘हत्यापछि आत्महत्या

ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने देखाएको प्रहरीले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३, बस्ने रविना महर्जनले उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ।

नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गए

नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको छ।

अभियन्ता ईः ले गरिन् लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फकाे यात्रा सुरु

अभियन्ता ईः ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन्। यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौँ महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए ।लुम्बिनीबाट आइतबार विहान ८ बजे सुरु भएको ईः को पैदलयात्रा फागुन ७ गते सिंहदरबारमा आएर समाप्त हुनेछ ।

रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्ने गरे प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भन्ने प्रश्न गरेका छन्। सो बैठकमा रास्वपा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन्। पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सो अबसरमा कम्तीमा फागुन ७ सम्म उतै बस्ने तयारीका साथ पूर्वराज दम्पत्ती चितवन गएका हुन्।

यही बीचमा काठमाडौँमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलनको तयारी गर्दै दुर्गा प्रसाईँले कार्यक्रममा पूर्वराजालाई निम्त्याउने प्रयास गरेका थिए । उनले सिमरा पुगेर पूर्वराजालाई भेटेका पनि थिए । तर, पूर्वराजा उक्त कार्यक्रम छल्न चितवन लागेको पाइएको छ।

नारायणकाजी श्रेष्ठबाँले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाए

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अदालतले म्याद तोकेर २ दिनभित्र छाडिदेऊ भनेको न्यायिक इतिहासमा नै पहिलो भएको समेत जिकिर गरे।

विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाए

विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन्। नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी खेलाडीलाई सम्मान सहित नगद पुरस्कार हस्तान्तरण गरेको हो।

टिमका १४ खेलाडी र ३ व्यवस्थापकीय टिमले आइतबार मन्त्रालयमा पुरस्कार प्राप्त गरेका हुन्। खेलाडीले जनही ३ लाख रुपैयाँ पाएका छन्।

फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध गरे प्रदर्शन

काठमाडौँ महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन्। राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा आइतबार काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप फुटपाथ व्यवसायीले आरोप लगाएका छन्।

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको समस्या समाधान गर्न संसदीय समितिले दियाे सरकारलाई निर्देशन

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद सचिवालयमा आइतबार भएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सरकारलाई १० बुँदे निर्देशन दिएको हो।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा देखिएको अपुग जनशक्ति व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक घट्याे

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक घटे पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १०.५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०८५ अंकमा कायम भएको छ ।

नेप्से परिसूचक घट्दा कारोबार रकम भने ४ अर्ब ८ करोड नाघेको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको मात्रै कारोबार भएको थियो ।९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को स्थिर रह्यो । विकास बैंक र हाइड्रोपावर समूह मात्रै बढेका छन् ।

पाकिस्तानमा इमरान खानको पार्टी (पीटीआई)ले विरोध प्रदर्शन गर्ने

पाकिस्तानमा बिहीबार भएको निर्वाचनको नतिजा आइतबार आएको छ । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि संसद् त्रिशंकु भएको छ । नतिजा सार्वजनिक गर्न ढिलाइ भइरहँदा कयौँ दलहरूले चुनावमा धाँधलीको अरोप लगाइरहेका छन्।

यस्तोमा पूर्व प्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले विरोध प्रदर्शनको तयारी गरिरहेको छ भने नवाज शरिफ गठबन्धनको सरकार बनाउने तयारीमा छन् ।

एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई हराउँदै नेपालकाे लगातार दोस्रो जित

नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ।

जितको लागि ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन्।

Logo