ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर, यसरी चक्नाचुर भयाे अमेरिका उड्ने सपना [भिडियाेसहित]

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर, यसरी चक्नाचुर भयाे अमेरिका उड्ने सपना [भिडियाेसहित]

केन्द्रबिन्दु
210
Shares

नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने

नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनले केन्द्रीय कमिटी घटाउने निर्णय गरेको हो।

विधान अधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताएका छन्। माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ जना छन् । साथै माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने पनि भएको छ ।

ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर

विशेष अदालतले बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ । त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ ।

विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको हो । मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ ।अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ ।

प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई गर्याे उद्धार

भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ।

महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका गरे पेश

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन्। बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका समेत समावेश गरिएको छ। २०७८ मंसिरमा भएको १४औं महाधिवेशनले चुनेको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरसम्म छ।

(सीआईबी)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको अनुसन्धान थाल्याे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको अनुसन्धान थालेको छ । यातायात व्यवस्था विभागले पत्राचार गरेपछि सीआईबीले अनुसन्धान थालेको हो ।

सीआईबी स्रोतका अनुसार डीएसपीको नेतृत्वमा छुट्टै टिम बनाएर अनुसन्धान अघि बढाएको छ । यसअघि लाइसेन्स घोटला प्रकरणमा यातायात व्यवस्था विभाग आफैँले गरेको आन्तरिक छानबिनका क्रममा ६ किसिमका शंकास्पद लाइसेन्स फेला पारेको थियो ।

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर बलात्कार गरेको आराेपमा एक जना पक्राउ

सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन्। बलात्कृत बालिकाको अवस्था गम्भीर छ। बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले गर्याे राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ

मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ।

वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

माओवादी केन्द्रका नेता गगन पुरी माओवादीको विधान सम्मेलनमा भए सहभागी

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता गगन पुरी माओवादीको विधान सम्मेलनमा सहभागी भएका छन्।

२८ माघमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरीसहित दुई जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । उनको सजाय निर्धारण भने ६ फागुनमा हुने तय भएको छ।

काठमाडौंका विभिन्न ठाउँमा फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई प्रहरीले गर्याे पक्राउ

काठमाडौंका विभिन्न ठाउँमा फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका एक महिला र ४ पुरुष छन्, ती सबै भारतीय हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट करिब एक करोड बराबरको चोरी गरेको गरगहनासहित उनीहरूलाई पक्राउ गरेको हो।

राष्ट्रिय सभाअन्तर्गतका तीन वटा संसदीय समितिको नाम हेरफेर हुने

राष्ट्रिय सभाअन्तर्गतका तीन वटा संसदीय समितिको नाम हेरफेर हुने भएको छ। राष्ट्रिय सभा नियमावली २०७५ लाई संशोधन गर्न गठित सांसद सुरेश आलेमगरको संयोजकत्वमा गठित १२ सदस्यीय समितिले चारमध्ये तीन वटा समितिको नाम फेर्ने प्रस्ताव गरेको थियो। उक्त समितिले पारित गरेको नियमावली संशोधन प्रतिवेदन राष्ट्रियसभाले स्वीकृत गरेसँगै तीन समितिको नाम फेरिने भएको हो।

दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता

दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल के एम ई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोप बीच सम्झौतापत्र मा हस्ताक्षर भएको हो। सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि सामानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरू गर्ने उल्लेख छ।

आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन

निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ। बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो।

दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने’, आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घट्याे

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १४.४६ अंक घटेको हो ।

सो अंकको कमीपछि नेप्से २०६२ अंकमा कायम भएको छ । अघिल्लो दिन ४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडमा खुम्चियो । कुल ७९ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर छ।

अमेरिकाको कान्सास सहरमा सुपर बोल परेडमा गोलीबारी हुँदा एक जनाको मृत्यु

अमेरिकाको कान्सास सहरमा सुपर बोल परेडमा गोलीबारी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना युवती भएको बताइएको छ।

कान्सास सिटी चिफ्सको सुपर बोल विजय यात्रामा गोली चल्दा २१ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार ८ जना घाइतेको अवस्था गम्भीर रहेको छ। अन्य सात जना पनि जोखिमयुक्त स्थितिमा भएको बताइएको छ।

नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त

नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त भएको छ। आईसीसी विश्वकप लिग २ मा नामिबियासँग ४ विकेटको हारले टियुमा लगातार १५ खेलको जित यात्रा समाप्त भएको हो।

२०२२ नोभेम्बर यता नेपाल टियुमा ओडीआई खेलमा पराजित भएको थिएन। नेपालले युएईसँग सिरिज २०२२ मा पछिल्ला २, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत २०२३ का अन्तिम ८, प्रिमियर कपमा २ र क्यानडासँग ३ गरि लगातार १५ खेलमा जितेको थियो। तर, आज नेपाली खेलाडीको ब्याटिङ नचल्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो।

Logo