विपन्न परिवारका लागि मेयर बालेनले चाले यस्तो कदम, ३ मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई ३ दिन [भिडियाेसहित]

विपन्न परिवारका लागि मेयर बालेनले चाले यस्तो कदम, ३ मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई ३ दिन [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ।

शुक्रबार विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको संसद सुचारु भएपछि विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन्।

विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ। एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत, पर्यटनमन्त्री सुदन किरातीको समेत राजीनामा मागेको छ।

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले पठायाे नेपाल फिर्ता

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा थप अनुसन्धान गरिने उनले बताएका छन्।

काठमाडौं महानगरपालिकाले विपन्न परिवारको निःशुल्क उपचार गर्ने कानूनी प्रावधान कार्यान्वयनमा कडाइ

काठमाडौं महानगरपालिकाले विपन्न परिवारको निःशुल्क उपचार गर्ने कानूनी प्रावधान कार्यान्वयनमा कडाइ गरेको छ।

त्यसका लागि महानगरले अनलाइनमार्फत् पारदर्शीरुपमा सेवा व्यवस्थापन गर्न अनलाइन प्रणाली नै लागू गरिसकेको छ। सो प्रणालीमा हालसम्म १० वटा अस्पतालहरू आवद्ध भएका छन्।

हाल काठमाडौं मेडिकल कलेज र मनमोहन मेडिकल कलेजसहित १० वटा अस्पतालहरू महानगरपालिकाको अनलाइन प्रणालीमा आबद्ध भएर युजर नेम लिइसकेका महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ। आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

रेशम चौधरीले पार्टी सदस्यता समेत नलिएको हुन सक्ने तर्फ संकेत गर्दै आयोगले चौधरीलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने केन्द्रीय समितिको निर्णयको वैधानिकतामा समेत प्रश्न उठाएको छ।

थापाथलीस्थित प्रसूति गृहबाट एक शिशुको चोरी

थापाथलीस्थित प्रसूति गृहबाट एक शिशुको चोरी भएको पाइएको छ। २६ दिनको शिशुको चोरी भएको भन्दै प्रहरी परिसर काठमाडौंमा प्रहरी कहाँ उजुरी परेको हो। उजुरी दिनेमा काभ्रेकी एक जना महिला रहेकि छिन्।

शिशुलाई अस्पताल गएकी एक महिलाले केहिबेर खेलाउने भनेर बोकेकी थिइन्। पछि उनले शिशुलाई लिएर गायब भएको बताइएको छ। हाल प्रहरीले अनुसन्धान पनि थालेको छ।

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले गर्याे अवरोध

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ। भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो।

पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए । सिहदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन्। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन विश्वविद्यालय त्रिविका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण

त्रिभुवन विश्वविद्यालय त्रिविका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन्।

पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका काममा प्राथमिकता राखेर काम गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन् । त्रिविले उपकुलपति पद रिक्त भएको झण्डै चार महिनापछि २० औँ उपकुलपति पाएको हो।

गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा लिखित जवाफ गरे पेस

शैक्षिक योग्यता सम्बन्धी मुद्दा खेपिरहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। शिवराज भुर्तेलमार्फत पेस गरिएको जवाफमा योग्यताका सम्बन्धमा परेको रिट खारेजीको माग गरिएको छ।

अधिकारीले राष्ट्र बैङ्कको उच्चस्तरको व्यवस्थापकीय जिम्मेवारीहरूमा रही बैङ्कको गभर्नरसरहकै योग्यता रहेको र डेपुटी गभर्नर पदमा नियुक्त भई बैङ्कको सञ्चालकको जिम्मेवारीमा रहेको जिकिर गरेका छन्।

नेपालमा आइपुगेको भनिएको ६ लाख थान स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या

चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि केही साता पहिले नेपालमा आइपुगेको भनिएको ६ लाख थान स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या देखिएको छ।

यातायात व्यवस्था विभागका अनुसार जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचले पठाएको ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या देखिएको हो।

यी कार्डमा लाइसेन्स छाप्न नमिलेपछि विभागले परीक्षणका लागि भारत पठाएकोमा पहिले भनिएको भन्दा फरक स्पेसिफिकेसन भएकाले छाप्न नमिलेको पाइएको बताइएको छ।

चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी

चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ। चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन्।

ती कागजपत्रमा बेलायती सरकारका निकायहरू, बौद्धिक संस्था, व्यवसाय र परोपकारी संस्थाहरूको नाम समेत भेटिएको छ।अन्य केही कागजपत्रहरूले भने एशिया र यूरोपभरका सरकारी निकाय र व्यवसायहरू सफलतापूर्वक ह्याक गरेको पनि देखाएको छ।

नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायाे

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको छ।नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३ ओभर ५ बलमा १ सय७९ रन बनाउँदा अल आउट भयो।

यो जितसँगै नामिबिया ४ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ३ खेल खेलेका नेपाल र नेदरल्यान्ड्स २ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो शृङ्खलाको अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

Logo