फेरि एक्लिए बाबुराम भट्टराई, माधव नेपालले पहिलो पटक गरे ओलीको प्रशंसा [भिडियाेसहित]

फेरि एक्लिए बाबुराम भट्टराई, माधव नेपालले पहिलो पटक गरे ओलीको प्रशंसा [भिडियाेसहित]

केन्द्रबिन्दु
140
Shares

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको भएको छ। विभाजित पक्षको नेतृत्व महिन्द्र राय यादवले गरेका छन्। जो नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ।

शनिबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो। सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन्।

डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला प्रचण्डले सो पार्टीका सांसदहरुलाई माओवादीमा बिलय गराएका हुन्।

साझा न्यूनतम कार्यक्रम प्रस्तुत

सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ।

१० सदस्यीय कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछानेलगायत शिर्ष नेतासमक्षसमक्ष साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरेको हो।

साझा न्यूनतम कार्यक्रममा आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ।

अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाईकाठमाडौं महानगरकाे निर्देशन

काठमाडौं महानगरपालिकाले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। महानगरको यो निर्णय सँगै काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ।

सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ । महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन्। कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन्।

ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो हाेः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने बताएका छन्।

एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको उनको टिप्पणी छ। उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको तर, राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए।

नाेबेल मेडिकल कलेज, शिक्षण अस्पतालकी नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनायाे

भाडामा बसेको घरमै हत्या गरिएको अवस्थामा फेला परेकी विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालकी नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

शरिरमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान तीव्र बनाएको हो। हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका आशंका गरिएता पनि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन। अमिन धानुक नाम गरेका उनका प्रेमी फरार छन्।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्। शनिबार पोखरा पुगेका उनले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि व्यवसायीले ढुक्क भएर लगानी गर्नुपर्ने बताएका हुन्।

यसका लागि उनले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको पनि जानकारी गराए।

सुन तस्करी प्रकरणमा मुछिएका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसियाे

सुन तस्करी प्रकरणमा मुछिएका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ। सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले कारबाही सिफारिस गरेलगत्तै थापाको जिम्मेवारी खोसिएको हो।

सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए। उनले सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप छ।

कांग्रेस र एमाले मिलेर अगाडि बढ्न रामहरि खतिवडाकाे आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेस र एमाले मिलेर अगाडि बढ्न आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद खतिवडाले कांग्रेस र एमाले मिल्दा स्थिर सरकार बन्न सक्ने बताउँदै मिलेर अगाडि बढ्न आग्रह गरेका हुन्।

‘नभए स्थिर सरकार नबन्ने भयो। तपाईले एउटालाई तान्ने, मैले एउटालाई तान्ने। तानातान गर्ने काम केही नहुने। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने।

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिक पक्राउ

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ।

भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए।

मन्त्री क्वार्टरलाई खेलाडी आवासीय प्रशिक्षण केन्द्र बनाइने

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अहिलेको मन्त्री क्वार्टरलाई खेलाडी आवासीय प्रशिक्षण केन्द्र बनाउने विषयमा छलफल सुरु गरेका छन्।

उच्च राजनीतिक नेतृत्वले सहमति जनाए मन्त्री क्वार्टर खेलाडीका लागि आवासीय ट्रेनिङ सेन्टर हुने प्रबल सम्भावना भएको उनको भनाई छ। मन्त्री श्रेष्ठले खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याउने पनि बताएका छन्।

युरोपेली सङ्घ ईयूका सदस्य राष्ट्रहरूले हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने

युरोपेली सङ्घ ईयूका सदस्य राष्ट्रहरूले रूसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्र्दै चान्सलर सोल्जले रूसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि यूक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्ने बताएका हुन्।

ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रूसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेको छ।

टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जित्याे

त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको खेलमा आर्मी ९ विकेटले विजयी बनेको हो।

जीतका लागि १११ रनको लक्ष्य पाएको आर्मीले ४६ बल अगावै मात्र एक विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो। आर्मीका लागि प्लेअर अफ द म्याच घोषित तीर्थराज दासले अर्धशतकीय पाली खेले।

Logo