कनेक्ट आईपीएस ह्याक गरेर फिल्मी शैलीमा १० लाख चोरी, पीडित मेहता पहिलोपटक आए मिडियामा [भिडियाे]

कनेक्ट आईपीएस ह्याक गरेर फिल्मी शैलीमा १० लाख चोरी, पीडित मेहता पहिलोपटक आए मिडियामा [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। पछिल्लो समय डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ। चिया पसलदेखि ठूला ठूला मलमा पनि मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, डिजिटल वालेटलगायतका डिजिटल प्रणालीबाट कारोबार हुन्छ।

यसले मानिसको दैनिकी सहज पनि बनाएको छ। तर, अनलाइन प्रणाली ह्याक गरी अवैध रूपमा रकम ट्रान्सफर गर्ने प्रवृति पनि बढ्दै गएको छ। यसैको एउटा जल्दोबल्दो उदाहरण हो, सुनसरीमा कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको घटना।

गत माघ ९ गते सुनसरीको इनरूवा नगरपालिका २ का वडा नं. २ का शिव नन्दन मेहता र उनकी आमा रुशनी देवी मेहताको खाताबाट फिल्मी शैलीमा कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भयो।

पीडित शिवनन्दनका अनुसार आफ्नो सानिमा बैंकमा रहेको खाताबाट कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटक-पटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेका हुन्।

घटना घटेको केही मिनेटमै उनले सानिमा बैंकमा पुगेर बुझे तर, त्यो कारोबार रोकिएन। सानिमा बैंकले रकम ट्रान्सफर गरिएको एनआईसी एसिया बैंकमा बुझ्न भने। उनी त्यहाँ पनि पुगे तर, बैंकले आफ्नो ग्राहक नभएको कारण देखाउँदै कुनै वास्ता गरेन। घटना घटेको २ महिना वित्नै लाग्यो। तर, मेहता परिवारले न्याय पाएका छैनन्। न उनलाई सम्बन्धित बैंकले साथ दियो न त प्रशासनले। उनी आफ्नो गुनासो लिएर केन्द्रबिन्दुको सम्पर्कमा आएका छन्।

Logo