भवन बनाउन तरुण दलले थाल्यो चन्दा संकलन

भवन बनाउन तरुण दलले थाल्यो चन्दा संकलन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा संकलन थालेको छ ।

यसअघि चैत १५ र १६ गते बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम दलका केही सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । केन्द्रीय समिति बैठकको निर्णयबमोजिम भवन निर्माणका लागि सहयोग संकलन प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार आइतबारसम्म केन्द्रीय सदस्यहरू रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Logo