आज संघीय संसदअन्तर्गतका दुई समितिको बैठक बस्दै

आज संघीय संसदअन्तर्गतका दुई समितिको बैठक बस्दै

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतका आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११: ३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरि, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थसमितिको बैठक कक्षमा नै बस्नेछ ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

Logo