अन्ततः बालेनलाई न्यूरोडमा झुकाएरै छाडे वडाध्यक्ष चिनीकाजीले, सहमतिबारे के भन्छन् सर्वसाधारण ?[भिडियाेसहित]

अन्ततः बालेनलाई न्यूरोडमा झुकाएरै छाडे वडाध्यक्ष चिनीकाजीले, सहमतिबारे के भन्छन् सर्वसाधारण ?[भिडियाेसहित]

केन्द्रबिन्दु
196
Shares

काठमाडाैं । काठमाडौँलाई युरोप जस्तै सफा व्यवस्थित र सम्पन्न बनाउने उद्देश्य सहित अघि बढिरहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अन्तत एमालेका वडा अध्यक्षका अघि झुकेका छन् । केन्द्रीय सरकार र कथित बुद्धिजीवीका अघि नझुकेका मेयर बालेन वडा अध्यक्षका अघि भने फेल साबित भएका छन् ।

न्युरोडको फुटपातलाई फराकिलो र व्यवस्थित बनाउने लक्ष्यसहित सडक काट्ने र रेखाङ्कित गर्ने कार्य गरिरहेका मेयर बालेनलाई वडा नम्बर २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले तत्कालै रोकेर मेयर बालेन शाहको सपनामा तुसारापात बनाइदिएका थिए। आफू र स्थानीयसँग समन्वय पनि नगरेको भन्दै वडा अध्यक्ष महर्जनले महानगरले पठाएको डोजरलाई एक इन्च पनि अघि बढ्न दिएनन् । कथित स्थानीय स्थानीय नभएर एमालेका कार्यकर्ता अथवा झोले नै सडकमा उत्रेर मेयर बालेनको कार्यमा हस्तक्षेप गरेर मेयर बालेनलाई असफल बनाई तुल्याए ।

सोही विषयलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले मेयर बालेन शाह र वडा अध्यक्ष चिनी काजी महर्जन बीचको जुङ्गाको लडाईमा को सही को गलत ? मेयर बालेन शाह न्युरोडमा वडा अध्यक्षका अघि चुक्नुको मुख्य कारण के थियाे ? स्थानीयको नाममा पार्टीको झोला बोक्ने कार्यकर्ताका अघि मेयर बालेन शाह फेल हुनुलाई यहाँले कसरी लिनुभएको छ लगायतका विषयमा रहेर सर्वसाधारणको धारणा लिएका छौं । के भन्छन् त सर्वसाधारण हेरौँ एक रिपोर्ट–

Logo