आज विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिमको ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११-११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् ।

Logo