काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ जनाबढी घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ जनाबढी घाइते

केन्द्रबिन्दु
322
Shares

काठमाडौँ । बुधबार बिहान प्रदेश ३–०१ –००६ ख०६३६ नम्बरको बस दोलखामा दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटना भएको हो ।

दोलखाको लामोसाँघु–जरी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका–८ बोचमा उक्त बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएका छन् ।

केही घाइतेहरूको उद्धार गरेर चरिकोट लगिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आइनसकेको दोलखा प्रहरीले जनाएको छ ।

Logo