कीर्तिमानी पर्वतारोही टोली फर्कियो काठमाडौं, बाजागाजासहित भब्य स्वागत [तस्विरमा]

कीर्तिमानी पर्वतारोही टोली फर्कियो काठमाडौं, बाजागाजासहित भब्य स्वागत [तस्विरमा]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौं उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।

३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनीसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।

सोमबार काठमाडौं फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल माउन्टेनियरिङ एशाेसिएशनका पदाधिकारी, सदस्य एवम शुभेच्छुकहरुले स्वागत गरेका हुन् ।

Logo