रोकियो शाहरुख र छोरी सुहानाको फिल्म

रोकियो शाहरुख र छोरी सुहानाको फिल्म

केन्द्रबिन्दु
0
Shares

मुम्बई। बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौं फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।

यही बीचमा शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ । बेनामे यो फिल्ममा पहिलोपटक शाहरुखले छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए ।

सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्मपछि शाहरुख र सुहानाले अर्को एक बेनामे फिल्ममा सहकार्य गरेका थिए । तर अब त्यो फिल्मको काम रोकिएको छ । फिल्म निकट स्रोतका अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मनपराउँदैनन् । त्यहीकारण पनि यो फिल्मको काम रोकिएको स्रोतको दाबी छ ।

सुहाना र खुशी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मनपराएनन् । यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो ।

Logo