पोल्यान्डमा हुने ‘मिस सुप्रानेसनल’ मा नेपालकी सजिना

पोल्यान्डमा हुने ‘मिस सुप्रानेसनल’ मा नेपालकी सजिना

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार बिहान त्यसतर्फ गएकी हुन्।

सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एण्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बिदाई गरेका थिए।

सजिनाले पोल्याण्ड जानुअघि फेसबुकमा आफ्नो देश नेपाललाई ‘मिस सुप्रानेसनल’मा प्रतिनिधित्व गराउने अविश्वसनीय यात्रा सुरु भएको उल्लेख गरेकी छिन्।

‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ। ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन्।

सर्लाहीकी सजिनाले गत चैत २२ गते ‘मिस सुप्रानेसनल नेपाल २०२४’ को उपाधि जितेकी थिइन्। यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वल्र्ड टुरिजम २०२३’ को सह–विधा ‘मिस एलिगेन्स’को उपाधि जितेकी थिइन्।

आगामी ४ जुलाईमा पोल्यान्डमै ‘मिस्टर सुप्रानेशनल’को फिनाले हुँदैछ। जसमा सहभागी हुन ‘मिस्टर सुप्रानेसनल नेपाल’ धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदैछन्।

Logo