अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ। अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन्।

उनले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईंसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु। म स्तन क्यान्सरको तेस्रो चरणमा छु।

हिनाले थप लेखेकी छिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु। मलाई तेस्रो चरणको स्तन क्यान्सर छ। यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु। म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु। मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु।’

हिना खानले फ्यानसँग गोपनियताको माग गरेकी छिन्। अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईंबाट केही सम्मान र गोपनीयता चाहन्छु। म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु।’

हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन्। त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन्। बिग बोस पछि उनले केही फिल्ममा समेत काम गरेकी छन्।

Logo