नेपाली फिल्म पनि हिन्दीभन्दा उत्कृष्ट बन्न थालेको छः बलिउड निर्देशक कश्यप

नेपाली फिल्म पनि हिन्दीभन्दा उत्कृष्ट बन्न थालेको छः बलिउड निर्देशक कश्यप

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्म पनि हिन्दीभन्दा उत्कृष्ट बन्न थालेको बताएका छन् । नेपाली फिल्म ‘शाम्बाला’को आइतबार हुने प्रिमियरमा सहभागी हुन शनिबार काठमाडौँ आएका उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले नेपाली फिल्म निर्माणमा सघाउन आफू तयार रहेको र नेपाली फिल्म मेकरसँग सहकार्य गर्ने आफ्नो योजना रहेको सुनाए । कश्यपले यसअघि पनि आफू एकपटक पशुपति दर्शन गर्न आएको बताएका छन् ।

कश्यपले यो पटकको नेपाल भ्रमणमा नेपाली परिकार बुझ्ने, संसारकै प्रसिद्ध न्यूरो डाक्टर यामबहादुर रोकालाई भेट्ने योजना रहेको बताए । यस्तै उनले नेपाली फिल्म प्रेमगीत र कालोपोथी हेरेको बताएका छन् ।

Skip This
Skip This
Logo