काठमाडौं । बिहिबार चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रका कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । "/>

प्रिमियर शो मा जब धिरज हलमा पुगे…

प्रिमियर शो मा जब धिरज हलमा पुगे…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहिबार चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रका कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रिमियर शो मा इन्टु मिन्टुको टिमलाई रेड कार्पेटले स्वागत गरिएको थियो । रेड कार्पेटमा सारुक ताम्राार, धिरज मगर, रेनेशा वान्तवा राई एकसाथ इन्ट्री भएको थियो भने साम्राज्ञी राज्य लक्ष्मी शाह आमाको साथमा उपस्थित भएकी थिईन् ।

यस चलचित्रमा इन्टु अर्थात् धिरज र मिन्टु अर्थात साम्राज्ञीको प्रेम कथालाई देखाइएको छ । उनीहरुको पहिलो भेट लण्डनमा हुन्छ । बिस्तारै उनीहरु साथी हुन्छन् र त्यो सम्बन्ध प्रेममा परिर्वतन हुन्छ । प्रेम सम्बन्ध र त्यसमा आउने उतार चढावलाई नै चलचित्रको मुख्य विषय वस्तु बनाईएको छ । यो चलचित्र त्रिकोणत्मक प्रेम कथामा बनेको छ । यस चलचित्रमा दुईको प्रेम सम्बन्धमा बाधक बनेर आउने अर्को पात्र हुन आकास अर्थात सारुक ताम्राकार ।

कोरियोग्राफी गर्दै आएकी रेनेशा वान्तवा राईले यस चलचित्रबाट निर्देशकको रुपमा डेब्यू गरेकी हुन् । साथै धिरज मगरको पनि यो डेब्यू चलचित्र हो । रेनेशाले चलचित्रमा भन्दा पनि चलचित्रको गीत र डे«सहरुमा बढि मेहेनत गरेको जस्तो देखिन्छ ।

यस चलचित्रमा त्यस्तो नयाँ कथा वस्तु भने खासै केहि छैन् । सरसर्ती हेर्दा बलिउड चलचित्रको कपी गर्न खोजिएको जस्तो देखिएको छ । यो चलचित्र हेरिहदा बलिउड फिल्मको फलेभर आउँछ ।

उक्त कार्यक्रममा चलचित्रको निर्देशक रेनेशा वान्तवा राई र नव नायक धिरज मगर निकै भावुक देखिए । प्रिमियम शो मा केकी अधिकारी, बिनिसा हमाल, दिपाश्री निरौला, झरना थापा, भुवन केसी लगायतका कलाकारहरुको पनि उपस्थिति रहेको थियो । प्रिमियम शो मा धिरजको क्रेज बढि देखिएको थियो । उनलाई हेर्नै भनेर आउने युवतिहरु बढि देखिन्थे । उनको कोरियन लुक्सले गर्दा पनि उनको क्रेज बढि देखिएको छ ।

यस चलचित्रको सकारात्मक पक्षको कुरा गर्दा अन्तिममा दुई माया गर्ने प्रेमी प्रेमीकाको मिलन भएको छ । साम्राज्ञी राज्य लक्ष्मीको र धिरज मगरको अभिनय मध्यम छ भने सारुक ताम्राकारको अभिनय निकै राम्रो छ ।

Logo