फ्राईडे फिल्म: तीन चलचित्रको भिडन्त

फ्राईडे फिल्म: तीन चलचित्रको भिडन्त

केन्द्रबिन्दु
0
Shares

शुक्रबार (असोज ५) देखि सिनेमा हलमा ३ वटा चलचित्र प्रर्दशनमा आउने भएको छ । बाँध मायाले, इन्टु मिन्टु लण्डनमा, धुम ३ एक आपसमा भिड्दै छन् । 

इन्टु मिन्टु लण्डनमा

रेनेसा बन्तवा राईको निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ आजबाट प्रर्दशनमा आएको छ । यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, नव नायक धिरज मगर, सारुक ताम्राकारको मुख्य भूमिका रहेको छ । यस चलचित्रबाट नव नायक धिरज मगरले डेब्यू गरेका छन् । साम्राज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राणा, बिबेक लिम्बू लगायतको कलाकारहरुको अभिनय यस चलचित्रमा रहेको छ ।

यसै चलचित्रको ‘उडायो हावाले’ बोलको गीत निकै चर्चित भइसकेको छ । इन्टु मिन्टु लण्डनमाको अधिकांश छायांकन नेपाल र लण्डनमा गरिएको छ । चलचित्रको सम्पादन भने कृष्ण भण्डारीले गरेका छन् ।

बाँध मायाले

काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र ‘बाँध मायाले’ पनि आजबाट प्रर्दशनमा आएको छ । यस चलचित्रमा आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । साथै राजराम पौडेल, रबिन्द्र प्रताप सेन र विशाल चामलिङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् । बाँध मायाले प्रेम कथामा आधारित छ । चलचित्रलाई राजु ढुङ्गानाले सम्पादन गरेका छन् भने कविराज गहतराज र रामजी लामिछानेले कोरियोगांफी गरेका छन् ।

धुम ३

चलचित्र ‘धुम ३’ मा जय किसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको छ । धुम ३ मा अलिना रायमाफी, प्रज्वल गिरी, लय सग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतको कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । सम्पादन तुलसी बासकोटाको रहेको छ भने जीवन श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ । यो चलचित्र जय कृष्ण बस्नेत फिल्मसको ब्यानरमा बनेको हो ।

Logo