असोज १९ गतेबाट प्रर्दशनमा आउने भनिएको चलचित्र ‘ड्रिम गर्ल’ ले टिकटक म्यूजिकल्ली कन्टेस्ट आयोजना गरेको छ ।

 

‘तिम्रो मायामा हराउन’ र ‘फूल टिपेर’ बोलका दुई गीत ट्रयाकलाई नेपाल म्यूजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएको छ । "/>

ड्रिम गर्लको टिकटक म्यूजिकल्ली कन्टेस्ट

ड्रिम गर्लको टिकटक म्यूजिकल्ली कन्टेस्ट

केन्द्रबिन्दु
0
Shares

असोज १९ गतेबाट प्रर्दशनमा आउने भनिएको चलचित्र ‘ड्रिम गर्ल’ ले टिकटक म्यूजिकल्ली कन्टेस्ट आयोजना गरेको छ ।

 

‘तिम्रो मायामा हराउन’ र ‘फूल टिपेर’ बोलका दुई गीत ट्रयाकलाई नेपाल म्यूजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएको छ । हरेक हप्ता उत्कृष्ट म्यूजिकल्ली बनाउने ३ जनालाई विजेता बनाउने बताइएको छ । उक्त गीतमा म्यूजिकल्ली बनाउन चाहनेले भिडियो आफ्नो फेसबुक पेजमा, इन्सटाग्राम बा टिकटकमा हयासटयाग ड्रिम गल असोज १९ भनेर पोष्ट गर्नुपर्ने हुन्छ ।

कन्टेस्ट अन्तर्गत दुई हप्ताको विजेता घोषणा गरिएको छ भने तीन हप्ताको विजेता घोषणा गर्न बाँकी छ । उक्त कन्टेस्टको फाइनल विजेतालाई विभिन्न उपहार प्रदान गर्ने चलचित्रका निर्देशक रिसी राज आर्चायले जानकारी दिए । म्यूजिकल्लीमा उत्कृष्ट हुनेहरुलाई चलचित्रको फ्रि टिकट तथा ड्रिम गर्ल टिमसँग डिनर डेटको व्यवस्था गरिएको चलचित्रका निर्माता धितालले बताए ।

यहि चलचित्रबाट आस्मा गिरिले नव नायिकाको रुपमा डेब्यू गर्दै छिन् । चलचित्रमा आकास श्रेष्ठ, विल्सन विक्रम राई, आस्मा गिरि, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरि, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ, रुपा सुवेदी, शुशिल पोख्रल, रस्मि भट्ट, कोपिला थापा, शसांक बोहोरा, दिपक अचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भदौ १० गतेदेखि सुरु भएको कन्टेस्ट असोज १० गतेसम्म संचालन हुनेछ ।

Logo