काठमाडौं

बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया गरिएको छ । "/>

हाँस्यकलाकार मदनकृष्णको पार्किन्सन्सको शल्यक्रिया सम्पन्न

हाँस्यकलाकार मदनकृष्णको पार्किन्सन्सको शल्यक्रिया सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया गरिएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । पार्किन्सन्सबाट पिडित श्रेष्ठको टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो ।

कलाकार श्रेष्ठ विगत ९ वर्ष देखि यो रोगबाट पिडित छन् । ४ वर्ष अघि दाहिने पाखोमा बढी समस्या भएपछि देब्रे पाखोमा शल्यक्रिया गरिएको थियो । अस्पतालमा पहिलो पटक श्रेष्ठबाटै सो शल्यक्रिया सुरु गरेको थियो ।

शल्यक्रिया पछि कलाकार श्रेष्ठको अवस्था राम्रो भएको अस्पतालले जनाएको छ । उनलाई देब्रे पट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको अस्पतालले जनाएको छ ।

Logo