काठमाडौं । चलचित्र ‘कथा काठमाण्ड’ अब सेन्सरको झमेलाबाट मुक्त भएको छ । केहि समय अगि यो चलचित्रको गीत ‘रातको कुरा’ बोल्ड सिनको कारणले गर्दा विवादमा फसेको थियो । "/>

चलचित्र ‘कथा काठमाण्डू’ सेन्सर मुक्त

चलचित्र ‘कथा काठमाण्डू’ सेन्सर मुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘कथा काठमाण्ड’ अब सेन्सरको झमेलाबाट मुक्त भएको छ । केहि समय अगि यो चलचित्रको गीत ‘रातको कुरा’ बोल्ड सिनको कारणले गर्दा विवादमा फसेको थियो ।

त्यस पश्चात केहि साता अघि मात्र सार्वजनिक भएको यस चलचित्रको ट्रेलर पनि विवादमा फस्यो । टे«लर हटाउन चलचित्र विकास बोर्डबाट पत्र समेत काटिएको चलचित्रको सोमबार मात्रै सेन्सर पास भएको हो । यो चलचित्रलाई सेन्सरले पीजी पत्र दिएको हो ।

यस चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला, आयुष्मान देशराज श्रेष्ठ जोसी, र प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पीजी सटिफिकेट प्राप्त चलचित्र हेर्न १६ वर्ष भन्दा कम उमेरका दर्शकहरु आफ्नो अभिभावकको साथमा जानुपर्ने बताइएको छ । विजय राईको लगानी रहेको यस चलचित्र यहि असोज १२ गते बाट प्रर्दशनमा आउने भएको छ ।

 

Logo