काठमाडौं । तेश्रो एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको अवार्डमा ‘तिमी सँग’ उत्कृष्ठ चलचित्र बनेको छ । "/>

तेस्रो एलजी सिने अवार्डमा क-कसले के-के पाए ?

तेस्रो एलजी सिने अवार्डमा क-कसले के-के पाए ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तेश्रो एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको अवार्डमा ‘तिमी सँग’ उत्कृष्ठ चलचित्र बनेको छ । त्यस्तै नवराज बुढाथोकी उत्कृष्ठ निर्देशक बनेका छन् ।

उनले नेपाली चलचित्र ‘भुइँ मान्छे’ बाट उत्कृष्ठ निर्देशकको अर्वाड प्राप्त गरेका हुन् । नायकतर्फ नाजिर हुसेनले (तिमी सँग) र नायिकातर्फ नीता ढुंगाना (पञ्चायत) उत्कृष्ठ भएकी छन् ।

नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ बाट नायक पुष्प खड्कालाई क्रिटिक्स अवार्ड प्रदान गरिएको छ । त्यस्तै प्रदीप खड्काले पपुलर नायकको अवार्ड प्राप्त गरेका छन् ।

पपुलर नायिकाको अवार्ड भने नायिका प्रियंका कार्कीले प्रांप्त गरेकी छन् । कलाकार किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । रानालाई ५१ हजार नगद राशीसहित ‘लिजेण्ड्री सम्मान’ प्रदान गरिएको हो ।

अर्वाड कार्यक्रममा बलिउड स्टार गोविन्दा आहुजा, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतको विशेष उपस्थिति रहेको थियो ।

तेश्रो एलजीसिने सर्कल अवार्ड २०७५ का विजेताहरु:  

लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

पोस्टर अफ दि इयरः शत्रु गते, सान थापा (विजय बस्याल)

ट्रेलर अफ दि इयरः सुरेन्द्र पौडेल, (कृ)

स्टण्ट अफ दि इयरः पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ

पपुलर गीत अफ दि इयरः कुटुमा कुटु, (दुई रुपैयाँ)

भिएफ एक्स अफ दि इयरः माओत्सुमु कामी, (माइ लभ)

कम्मेन्डेबल फिल्म अफ दि इयरः पन्चायत

पपुलर एक्टर अफ दि इयरः प्रदिप खड्का

पपुलर एक्ट्रेस अफ दि इयरः प्रियंका कार्की

व्याक ग्राउण्ड स्कोर अफ दि इयरः एलिश कार्की

एडिटर अफ दि इयरः मित्रडी गुरुङ, शत्रु गते

स्क्रिन प्ले अफ दि इयरः तिमीसँग

सिनेमाटोग्राफर अफ दि इयरः भुइँ मान्छे, बिदुर पाण्डे

एक्सन डिरेक्टर अफ दि इयरः चन्द्र पन्त, (कृ)

कोरियोग्राफर अफ दि इयरः कविराज गहतराज, कुटुमा कुटु

प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज

प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु

अनस्क्रिन कपल अफ दि इयरः रमेश उप्रेती र दीपिका प्रसाईं

म्युजिक डिरेक्टर अफ दि इयरः अर्जुन पोखरेल, भन्छु आज

एक्ट्रेस अफ दि इयरः नीता ढुङ्गाना, पञ्चायत

एक्टर अफ दि इयरः नाजिर हुसेन, तिमीसँग

डिरेक्टर अफ दि इयरः नवराज बुढाथोकी, भुइँ मान्छे

फिल्म अफ दि इयरः  तिमीसँग

क्रीटिक्स अवार्डः पुष्पल खड्का

Logo