भदौं २२ वाट प्रदिप र पूजा भिडन्तमा (भिडियोमा)

भदौं २२ वाट प्रदिप र पूजा भिडन्तमा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अहिले पूजा शर्मा ‘रामकहानी’ र प्रदिप खखड्का अभिनित चलचित्र ‘रोज’ प्रर्दशनको तयारीमा छ । चलचित्र ‘रोज’ र ‘रामकाहनी’ को प्रर्दशन मिति जुधाइएको भनेर केही साता अघिदेखि निकै चर्चा चलिरहेको छ । प्रदिप खड्का र पूजा शर्माको मनमुटावका कारण यस्तो भएको भन्ने आशङ्का पनि गरिदै आइएको छ ।

प्रदिप र पूजाको चलचित्रको जुधाइ अरु चलचित्रको तुलनामा अलि फरक हुने सहजै अड्कल काट्न सकिन्छ । एकै चलचित्रबाट मल्टिस्टार भएको कारणले गर्दा पनि उनीहरुको चलचित्रको जुधाइलाई लिएर निकै चर्चा साथै प्रतिस्पर्धा भएको हो । भदौ २२ मा प्रदिपको रोज वा पूजाको रामकहानी ? दुई मध्ये कुनको जादु चल्ला ? त्यो हेर्न भने केही दिन कुर्नै पर्ला । हेर्नुहोस् भिडियोमा –

 

Logo