विदा भए रेडियो नेपालका प्रथम गायक (भिडियोमा)

विदा भए रेडियो नेपालका प्रथम गायक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । वि.सं. १९८२ असोज २ गते जन्मिएका रिमालको गए राती १ बजे निधन भएको हो ।

हरिप्रसाद रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन् । उनले पहिलो नेपाली चलचित्र ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’ ‘सन्तान’ लगायतका धेरै चलचित्रमा अभिनय गरेका थिए । गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा उनी अब्बल् मानिन्थे । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल खासगरी ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन् । वि.सं. २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए । नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए । उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक)लाई शिखरमा पुर्याउने काम गरे ।

रिमाल नेपाली चलचित्रको प्रारम्भिक कालका अभिनेता थिए । उनी कला क्षेत्रमा बहुमुखी प्रतिभाको धनीको रुपमा समेत चिनिन्थे ।

रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी बिहान ७ बजे उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडि राखिएकको थियो । धेरै पुरस्कार र सम्मानवाट विभूषित रिमालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

Logo