फ्राईडे फिल्म: ‘मेरी मामु’ मात्रै

फ्राईडे फिल्म: ‘मेरी मामु’ मात्रै

केन्द्रबिन्दु
0
Shares

हरेक साता सिनेमा हलहरुमा दुई तीनवटा चलचित्रहरुको भिडन्त हुने गर्थे तर यो साताको शुक्रबार अलि फरक छ । भदौं १५ गते आज चलचित्र ‘मेरी मामु’ मात्र रिलिज भएको छ । 

यम थापाको निर्देशन तथा लेखन रहेको चलचित्र ‘मेरी मामु’ चलचित्रमा सारुक ताम्रकार, कुसुम गुरुङ, असलेषा ठकुरी, आयुव शेन, भुवन चन्द, दुर्गा मल्ल ठकुरी, कृजन गौतम, सानु ताम्रकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो चलचित्र सन्तोष शेनले निर्माण गरेका हुन् भने बनिस साह र भुपेन्द्र अधिकारीको सम्पादन गरेका हुन् । चलचित्रका नायक सारुक ताम्रकार र नायिका कुसुम गुरुङलाई बुवा र आमाको भूमिकामा देख्न सकिन्छ ।

यस चलचित्र बाल मनोविज्ञानमा आधारित छ ।

Logo