काठमाडौँ

नेपाल चलचित्र कलाकार संघका पूर्वसंरक्षक बरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । "/>

वरिष्ठ कलाकार हरिप्रसाद रिमाल रहेनन्

वरिष्ठ कलाकार हरिप्रसाद रिमाल रहेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल चलचित्र कलाकार संघका पूर्वसंरक्षक बरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । वि.सं. १९८२ असोज २ गते जन्मिएका रिमालको गएराती १ बजे निधन भएको हो ।

रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी बिहान ७ बजे उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडी राखिने उनका नजिकका शिष्य तथा चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिएका छन् ।

श्रद्धाञ्जली पछि सिधै आर्यघाट लगि रिमालको अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनले कामनाको पहिलो ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएका थिए ।

Logo