पुस २७ मा आशिरमान देशराजको ‘ब्रेकअप’

पुस २७ मा आशिरमान देशराजको ‘ब्रेकअप’

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘ग्याङस्टर ब्लुज’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका नायक आशिरमान देशराज जोसी अभिनित चलचित्र ‘ब्रेकअप’ पुस २७ मा रिलिज हुने भएको छ ।

यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस चलचित्रको छायांकन सकिनु केहि दिन अघि चलचित्रका निर्माता रोहित अधिकारी यस चलचित्रबाट अलग भएको घोषणा गरेपछि विवाद सुरु भएको थियो ।

यसअघि हेमराज र रोहितले ‘गाजलु’ निर्माण गरेका थिए । हेमराज भन्छन् ‘काम गर्दै जाँदा असमझदारी हुन्छ । म आफ्नै तरिकाले काम गर्छु र रोहित आफनै तरिकाले । त्यसैले उनले समझदारीमा चलचित्र छोडेका हुन् ।’

चलचित्रमा आशिरमान देशराज जोसी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका रहेको छ । यस चलचित्रको छायांकन नेपाल र अष्टलियामा भएको छ । निर्माताहरुविच मनमुटाव भए पनि आफ्नो काममा कुनै फरक नपरेको कलाकारहरुले बताएका छन् ।

Logo