आजदेखि चार नेपाली चलचित्रको भिडन्त

आजदेखि चार नेपाली चलचित्रको भिडन्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आजदेखि चारवटा चलचित्र रिलिज भएका छन् । मिस्टर भर्जिन, जय शम्भु, ब्लयाक र बाह्रमासेगरी चार चलचित्रले एक आपसमा भिड्न सुरु गरेका छन् । यी मध्ये कुन चलचित्रले बाजी मार्ने हो ? यसकालागी अव धेरै दिन कुर्न पर्दैन ।

ब्लयाक
चलचित्र ‘ब्लयाक’ मा आँचल शर्मा र अकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । यस चलचित्रलाई प्रदिप श्रेष्ठले निदेर्शन गरेका छन् भने आष्मा पाण्डेले निर्माण गरेका छन् । सुन्दर श्रेष्ठ, आयुुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

मिस्टर भर्जिन

विशारद बस्नेतको निदेर्शनमा रहेको ‘मिस्टर भर्जिन’ चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको कलाकारको अभिनय रहेको छ । तिन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सििना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको छ र सह निर्माताको रुपमा सन्दिप उपे्रती रहेका छन् ।

जय सम्भु

रुपेश तामाङ (थिङ) को लेखन र निदेर्शन रहेको चलचित्र ‘जय शम्भु’ मा बर्षा सिवाकोटी र अनुपविक्रम शाहीलाई मुख्य भूमिकामा देखिन सकिन्छ । यो चलचित्र लभ स्टोरिमा आधारित छ । दिनेश शाहीको निर्माणमा रहेको यस चलचित्रमा हरि घले लामाको छायांकन रहेको छ । कार्यकारी निर्मातामा अरबिन्द्रमान शाक्य छन् र कास्टिङ डाइरेक्टरमा समिर बलामी रहेका छन् ।

बाह्रमासे

चलचित्र ‘बाह्र मास’ लय संग्रौलाले निर्देशन गरेका हुन् । यो चलचित्रमा जय किसान बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदिप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतको कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा जुवा तासमा हल्लिने युवा तथा वृद्घहरुको कथालाई उठाइएको छ । बासु न्यौपानेको छायांकन रहेको यस चलचित्रका अनन्त घिमिरेको सम्पादन रहेको छ ।

Logo