काठमाडौँ

विगत ५ वर्ष देखि कलाकारिता क्षेत्रमा लागेर पहिचान बनाएकी कलाकार अनिता बस्नेत (मास्टर्नी) ले भदौको पहिलो हप्ता देखि नयाँ खालको हाँस्यश्रृंखलाको प्रशारण शुरु गर्ने भएकी छिन् । "/>

भदौ पहिलो हप्ता देखि मास्टर्नीले लौ बर्बाद ल्याउने !

भदौ पहिलो हप्ता देखि मास्टर्नीले लौ बर्बाद ल्याउने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विगत ५ वर्ष देखि कलाकारिता क्षेत्रमा लागेर पहिचान बनाएकी कलाकार अनिता बस्नेत (मास्टर्नी) ले भदौको पहिलो हप्ता देखि नयाँ खालको हाँस्यश्रृंखलाको प्रशारण शुरु गर्ने भएकी छिन् ।

ओखलढुंगामा जन्मिएर राजधानीलाई कर्मथलो बनाएकी बस्नेत पछिल्ला दिनहरुमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय हाँस्यश्रृंखला मेरी बास्सैमा राजु मास्टरकी श्रीमती (मास्टर्नी) को भूमिकामा अभिनय गरिरहेकी छिन् ।

 

करिव १५० वटा म्युजिक भिडियो र ५ वटा ठूलोपर्दाको फिल्ममा अभिनय गरिसकेकी अनिताले अब भने आफ्नै लेखन तथा निर्देशनमा लौ बर्बाद ल्याउन लागेकी हुन् । यसको लागि तयारी गरिरहेको उनले जानकारी दिएकी छिन् ।

यसको छायांकन दिलीप विष्ट र व्यवस्थापन कृष्ण जोशीले गरिरहेका छन् । भदौको पहिलो साता नै प्रोमो रिलिज हुने र त्यसको ३ दिन पछि एक्सप्रेस नेपाल युट्युव च्यानल मार्फत नियमित प्रशारण हुने उनले बताएकी छिन् । समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रशारण शुरु गर्न लागिएको यस श्रृंखलामा अनिता बस्नेत , कृष्ण जोशी र सरिता खड्का मुख्य कलाकारको रुपमा रहेका छन् ।

Logo