काठमाडौं

पछिल्लो समय चलचित्र एक आपसमा जुध्ने क्रम घटेको छैन, बरु बढेको छ । त्यस्तै फ्राईडे रिलिज अन्र्तगत यो साता साउन १८ गते हलमा २ चलचित्र एक आपसमा भिड्दैछन्, ‘कायरा’ र ‘झमक बहादुर’ । "/>

शुक्रबार हलमा दुई चलचित्र भिड्दै

शुक्रबार हलमा दुई चलचित्र भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पछिल्लो समय चलचित्र एक आपसमा जुध्ने क्रम घटेको छैन, बरु बढेको छ । त्यस्तै फ्राईडे रिलिज अन्र्तगत यो साता साउन १८ गते हलमा २ चलचित्र एक आपसमा भिड्दैछन्, ‘कायरा’ र ‘झमक बहादुर’ ।
कायरा
आर्यन सिग्देलको निर्माणमा रहेको तेस्रो फिल्म ‘कायरा’ लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आर्यन सिग्देल, शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्म प्रेम कहानीमा आधारित छ । फिल्ममा कल्याण सिंहको संगित रहेको छ । फिल्मको प्रवद्र्धनका लागि चितवन पुगेका सिग्देलले कायरा एउटा गहिरो लभस्टोरी भएको चर्चा गर्दै फरक फिल्म भएको बताए। नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहले प्रेममा ब्रेकअप पछिको कथा  नै कायरा भएको बताइन्। 


झमक बहादुर
चलचित्र झमक बहादुरलाई भोमान कटुवालले निर्देशन गरेका हुन् भने मिन कुमारले निर्माण गरेका छन् । उक्त चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । झमक बहादुर निकै विवादमा रहेको चलचित्रमा पर्दछ ।

 

Logo