मेरी मामुको मार्मिक गीत ‘आमा’ सार्वजनिक

मेरी मामुको मार्मिक गीत ‘आमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चलचित्र मेरी मामुको शिर्ष गीत ‘आमा’ सार्वजनिक गरिएको छ । यम थापाले निर्देशन गरेको चलचित्रको यो गीतमा मार्मिक शब्द संयोजन गरिएको छ । गीतमा कल्याण सिंहको संगीत, रबी मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वर रहेको छ ।

आसुसेन फिल्मले निर्माण गरेको यो चलचित्रका निर्माता सन्तोष सेन हुन् । बालमनोविज्ञान सम्बन्धि यस चलचित्रमा ६ बर्षीय आयुब सेन, सारुक ताम्राकार, अश्लेसा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्ल लगायत मुख्य भूमिकामा छन् भने कलाकार भुवन चन्द बिशेष भूमिकामा देखिने छन् ।

चलचित्र भदौ १५ गतेदेखि प्रदर्शन हुने जनाएको छ ।

Logo